अछाममा एक जना युवा मृत फेला

अछाम – अछाममा एक जना युवा मृत फेला परेका छन् । अछामस्थित कर्णाली नदीमा कालिकोटको नरहरिनाथ गाउँपालिका – १ का ३४ वर्षीय सञ्जयबहादुर विष्ट मृत फेला परेका हुन् ।

Karma Consultancy
belauri nagarpalika

प्रहरीका अनुसार विष्ट शनिबार मृत फेला परेका थिए । उनी पञ्चलदेवल विनायक नगरपालिका वडा नम्बर ९ चिल्ताडास्थित कर्णाली नदीमा मृत भेटिएको प्रहरीको भनाइ छ ।

citizen security services

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.