खाेज्नुहाेस

प्रतिनिधिसभामा एमालेका १ सय उम्मेदवार पराजित, अन्य कुन दलका कति उम्मेदवार हारे ?

Image

अत्तरिया – प्रतिनिधि सभाको अन्तिम मत परणाम सार्वजनीक भइसकेको छ । १६५ क्षेत्र मध्ये १६० निर्वाचन क्षेत्रमा १२ वटा दलका उम्मेदावर विजयी भएका छन भने ५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।

१६५ निर्वाचन क्षेत्र भएपनि कुनै पनि दलले सबै ठाउँमा उम्मेदवार उठाएका थिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १४५ स्थानमा उम्मेदवार उठाएकोमा ७ क्षेत्रमा मात्रै विजयी भएका छन भने १२६ उम्मेदवार पराजित भएका छन । एमालेले १४४ स्थानमा उम्मेदवार उठाएकोमा ४४ स्थानमा विजयी भएका छन भने १ सय उम्मेदवार पराजित भएका छन ।

attariya hospital
navjiwan hospital

राष्ट्रिय स्वतन्त्र पार्टीले १३३ स्थानमा उम्मेदवार उठाएकोमा ७ उम्मेदवार विजयी भएका छन भने १३८ उम्मेदवार पराजित भएका छन ।
कांग्रेसले ९२ स्थानमा उम्मेदवार उठाएकोमा ५७ उम्मेदवार विजयी भएका छन भने ३५ उम्मेदवार पराजित भएका छन ।

जनता समाजवादी पार्टी, नेपालले ८१ स्थानमा उम्मेदवार उठाएकोमा ७ उम्मेदवार विजयी भएका छन भने ७४ उम्मेदवार पराजित भएका छन ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ५२ स्थानमा उम्मेदवार उठाएकोमा ४ उम्मेदवार विजयी भएका छन भने ४८ उम्मेदवार पराजित भएका छन ।

नेकपा माओवादी केन्द्रले ४५ स्थानमा उम्मेदवार उठाएकोमा १८ ठाउँमा विजयी भएका छन भने २७ उम्मेदवार पराजित भएका छन ।
नेकपा (एकीकृत समाजवादी) ले १९ स्थानमा उम्मेदवार उठाएकोमा १० स्थानमा विजयी भएका छन भने ९ उम्मेदवार पराजित भएका छन ।