डोटी – डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाको तस्वीर ब्यानर राखेर अधिवेशन गरिएको छ ।

पार्टीको १५ औं महाधिवेशन अन्तर्गत गाउँ–नगर अधिवेशनका क्रममा बुधबार बडीकेदारमा पूर्वसभापति देउवा र सभापति थापाको तस्वीरसहितको ब्यानर राखेर अधिवेशन गरिएको हो ।

आन्तरिक विवादका बीच जारी तल्लो तहका अधिवेशनमा देउवा समूहको सहभागिता नरहेका बेला बडीकेदार गाउँपालिकामा अधिवेशन उद्घाटन समारोहमा फरक दृष्य देखिएको छ ।
यसबारे कांग्रेस बडीकेदारका निवर्तमान सभापति करुणाकर जोशीले पूर्वसभापति देउवा र सभापति थापाको तस्वीर ब्यानरमा राखिएको विषयमा अनभिज्ञता जनाए ।

















