
अत्तरिया – कैलालीमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–८ बस्ने ३५ वर्षीय सुनिल कठरिया पक्राउ परेका हुन ।
सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















