अत्तरिया – कैलालीको अत्तरियाबाट ११ ग्राम २ सय ८० मिलिग्राम लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् ।
बुधवार गोदावरी नगरपालिका–१ अत्तरियाबाट धनगढी उपमहानगरपालिका–७ क्याम्पस रोड बस्ने ३१ वर्षीय हितेश साहु पक्राउ परेका हुन ।


उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको थियो ।
यसैबिच बुधवार नै कञ्चनपुर भीमदत्त नगरपालिका – १८ कटान जानकी टोलबाट अवैध लागू औषध खैरो हिरोइन ११० मिलिग्राम सहित भीमदत्त नगरपालिका – ३ भासी का १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।
यस्तै बुधवार नै बेलौरी नगरपालिका – ७ बरैयाबाट लागू औषध खैरो हिरोइन २ ग्राम ३५० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका – ९ नौखरीका २६ वर्षीय विक्रम डगौरा र शुक्लाफाँटा – १० का २२ वर्षीय महेश चौधरी पक्राउ परेका छन् । उनीहरूको साथबाट शु.न.पा.ह ४० नम्बरको अटो समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।















