अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले तीन दिन भारी बर्षाको सम्भावना रहेकाले सतकर्ता अपनाउन आग्रह गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्धारा जारी सूचनामा नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा असोज ५ गते जारी गरिएको विशेष मौसमी बुलेटिन अनुसार असोज ९ गते देखि असोज ११ गते सम्म भारी देखि धेरै भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउन भनिएको छ ।

सूचनामा बर्सातका कारण नदी तथा खोला/नालाहरूमा पानीको सतह समेत बढ्न सक्ने सम्भावना भएकोले नदी तटीय क्षेत्र आसपासमा बसोबास गर्ने समुदायहरूलाई सम्भावित बाढी तथा डुबानको जोखिमबाट सुरक्षित रहन हुन र आवश्यक सतर्कता तथा सावधानी अपनाउनुका साथै कृषक दाजुभाइ तथा दिदिबहिनिहरुलाई मौसममा सुधार भए पश्चात् मात्रै धानबाली काट्न समेत आग्रह गरिएको छ ।
















