बझाङ – बझाङमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बझाङ थलारा गाउँपालिका – ९ मालुमेलाबाट एक नाले भरुवा बन्दुक सहित ४६ वर्षीय डवल भण्डारी पक्राउ परेका हुन ।

उनलाई बुधवार उक्त भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा प्रहरी चौकी मटेला बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















