अत्तरिया – कैलालीको अत्तरियामा रहेको पतंजली योग समितिले २०७१ सालदेखि अत्तरियामा योगका कार्यक्रम संचालन गर्दै आइरहेको छ । २०६३ सालदेखि नै अत्तरियामा सामुहिक रुपमा योग अभ्यास गर्न लागिए पनि संस्थागत रुपमा भने २०७१ सालदेखि योग सम्बन्धि बिभिन्न सचेतनामुलक कार्यक्रम पनि संचालन हुन थालेका हुन् ।
अत्तरियामा योग सम्बन्धि संस्थागत रुपमा काम हुन थालेपछि अहिले धेरै जना योग गररै बिभिन्न प्रकारका जटिल रोगबाट समेत निको भएका छन । अत्तरिया पतंजली योग समितिकी उपाध्यक्ष सारदा निरौलाले योग गरेर नै ६ जना जटिल रोग लागेकाहरुले पुनर्जिवन पाएको बताईन् । उनले दुवै किड्नी फेल भएका, फोक्सोको समस्या भएका, स्तन क्यान्सर भएका, माइग्रेन, नसा, वीपीका बिरामीले योग गरेरै उक्त विरामीबाट मुक्ति पाएको बताइन् ।

पतंजली योग समितिले हाल गोदावरी नगरपालिकाको सहयोगमा अत्तरियामा सुविधा सम्पन्न योग हल निर्माण गरेको छ । करिब ८८ लाखको लगानीमा १ सय फुट लम्बाई र ४२ फुट चौडाइ भएको योग हल निर्माण गरिएको हो ।
हाल समितिमा साधारण सदस्य ३४९ र आजिवन सदस्य ८० गरी ४२९ जना समितिमा आवद्ध भएपनि उक्त हलमा योग गर्न भने दैनिक ६०/७० जना आउने गरेको समितिका अध्यक्ष दुर्गा प्रसाईले बताए ।

उनले योग गराउन समितिले लामो समय देखि काम गरिरहेको भएपनि योगकै भवनमा तला थपेर आयुर्वेद चिकित्सा र पञ्चकर्म गराउने सेवा थप्ने परिकल्पना गरिएको बताए । ‘योग हलको माथि तला थप्नको लागि सहयोग जुटे हामीले माथिल्लो तलमा आयुर्वेद चिकित्सा र पञ्चकर्म सेवा थप्ने सोच बनाएका छौ’ उनले भने ‘यसमा मसाज देखि बिभिन्न थालका थेरापी गरिन्छ । जसका लागि नयाँ किसिमको प्रविधि प्रयोग गरेर चिकित्सक ल्याउने सोच बनाएका हौ ।’
योग प्रशिक्षक कौशिला खर्कवालले बिभिन्न क्षेत्रबाट सहयोग पाएर योग समिति हालको अवस्थामा पुगेको बताइन् । ‘यस क्षेत्रमा एउटा सुतलिको बोरीमा बसेर हामीले योग सुरु गरेका थियौ’ उनले भनीन् ‘अहिले सबैको साथले यस्तो सुबिधा सम्पन्न हल बनेको छ । यसको लागि सबैको निकै ठूलो त्याग छ ।’
समितिका सल्लाहकार विनोद कुमार भट्टराईले योगको लामो इतिहास भएको बताए । ‘यो सातौ सताब्दिदेखि सुरु भएपनि पछि बिभिन्न कारणले यो सुसुप्त भयो । पछि रामदेव बाबाले यसलाई व्यापक प्रचारमा ल्याए’ उनले भने ‘अहिलेको औषधी विज्ञानको विकास हुनुभन्दा धेरै पहिलो योग विज्ञानको सुरु भएको थियो ।’
उनले औषधी विज्ञानमा अरुको सहयोग आवश्यक पर्ने भएपनि योगमा भने आफ्नो उपाचार आफै गर्न सकिने बताए । समितिका अर्का सल्लाहकार केशव निरौलाले योग साधना भएको बताए । उनले योगले शरिर शुद्ध बनाउने बताए । ‘यस क्षेत्रमा योगको क्षेत्रमा यती धेरै प्रगति हुन गर्वको कुरा हो’ उनले भने ‘योगले नैतिक शिक्षा पनि दिए भएकाले यसले सम्भ सामाज निर्माण गर्नमा मदत गर्छ ।’
सम्बन्धित समाचार : अत्तरिया पतंजली योग समितिको चौथो साधारण सभा सम्पन्न
















