अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ मा रहेको अत्तरिया पतंजली योग समितिको चौथो साधारण सभा सम्पन्न भएको छ । २०७१ सालमा दर्ता भएर आधिकारीक रुपमा संचालनमा आएको योग समितिले आफ्नो चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको हो । कोरोना महामारीका कारण पछिल्ला २ वटा बार्षिक साधारण सभा सम्पन्न हुन सकेका थिएनन् ।
शनिबार पतंजली योग समितिको आफ्नै हलमा गोदारी नगरपालिकाकी उपप्रमुख सारदा रोकायाको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले योगको माध्यमबाट थुप्रै रोग निर्मुल हुने बताइन् ।

उनले योगको माध्यमबाट शरिरलाई स्वस्थ्य राख्न मदत गर्ने बताइन् । ‘म पनि घरमै दैनिक योग गर्छु । मैले वडामै आयोजना भएको शिविरबाट योग गर्न सिकेकी थिए’ उनले भनीन् ‘योग गर्नको लागि अत्तरियामा सुबिधा सम्पन्न भवन बनेको छ । आगामी दिनमा पनि यसको स्तरोन्नतीको लागि गर्न सकिने सहयोगको लागि म पनि तयार छु ।’ उनले योग समितिलाई आवश्यक पर्ने सहयोगको प्रस्ताव आएमा आफूले कार्यपालिका बैठकमा राख्ने बताईन् ।


साधारण सभा समितिका अध्यक्ष दुर्गा प्रसाइको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले अत्तरिया क्षेत्रका व्यपारी, वुद्धिजिवी, कर्मचारी दैनिक रुपमा योग गर्न आउने गरेको बताए ।
उनले ४ जनाबाट सुरु गरेको समितिको भवनमा हाल दैनिक ६०/७० जना योग गर्न आउने गरेको बताए । हाल समितिमा साधारण सदस्य ३४९ र आजिवन सदस्य ८० गरी ४२९ जना समितिमा आवद्ध छन ।
साधारण सभामा पतंजली नेपालका संरक्षक मदन राज पाण्डे लगायत यस क्षेत्रका सामाजसेवी, वुद्धिजिवी, धार्मीक अगुवा, समितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।



















