अत्तरिया – घाटी रेटिएर हत्या गरिएकी बैतडीकी माया लुहारको परिवारलाई पञ्चेश्वर गाउँपालिकाले अढाई लाख सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाकी उपाध्यक्ष बिना भट्टले एक प्रेश विज्ञप्ती जारी गर्दै पीडित परिवारलाई २ लाख ५० हजार सहयोग गर्ने घोषणा गरेकी हुन ।
गाउँपालिकाले उक्त घटनाको निन्दा गर्दै अमानविय क्रुर घटनाको छानबिन गरी कडा भन्दा कडा कारवाही गर्न जिल्ला प्रशासन कार्यालय बैतडी संग माग गरेको छ ।


प्रेस विज्ञप्तीमा मृतक माया र घाइते नेहालाई न्यास सहित आवश्यक क्षतिपुर्तिका लागि नेपाल सरकार, प्रदेश सरकारलाई पनि अनुरोध गरिएको छ । उपाध्यक्ष भट्टले पालिकाबाट निर्णय गरेर मायाको परिवारलाई सहयोग गर्ने निर्णय गरिएको बताईन् ।
पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ बर्षीया माया लुहारको मंगलबार घाटी रेटेर हत्या गरिएको थियो । उनकी भदै १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी थिइन् ।

सम्बन्धित समाचार : रातभर घाटी रेटिएर जंगलमा मृत्युसंग लडेकी नेहाको उपचारमा समस्या


















