खाेज्नुहाेस

धनगढीमा ग्रेडरले कुल्चिदा एक बालिकाको मृत्यु

Image

अत्तरिया – कैलालीको धनगढीमा ग्रेडर मेसिनले कुल्चिदा एक बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका ५ हसनपुर पिपल चौतरा नजिक पानी पिच गरी रहेको ग्रेडरले कुल्चिदा धनगढी उपमहानगरपालिका – ५ तारानगरकी अन्दाजी १५ बर्षीय चेतना साउँदको मृत्यु भएको हो ।

navjiwan hospital

साउँद धनगढी उपमहानगरपालिका – ५ पञ्चोदय माबि हसनपुरमा कक्षा ८ मा अध्यानरत विद्यार्थी हुन । साइकलमा यात्रा गरिरहेका साउँदलाई ना १ क ९७५ न.को कालिका कन्ट्रक्सनको ग्रेडरले लेवल मिलाउदै व्याक गर्ने क्रममा कुल्चिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

प्रहरीले ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका – २८ का २७ बर्षीय विमल कुमाललाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनास्थलमै मृत्यु भएकी साउँदको शव अहिले घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।