खाेज्नुहाेस

चुनावको नारामै सिमित नहोस् चुच्चे नक्सा

Image

करिब अढाई वर्ष अघिको सरकारले नेपालको चुच्चे नक्सा सार्वजनिक ग-यो । तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओली सरकारले २०७७ साल जेठ ७ गते पत्रकार सम्मेलन मार्फत नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको थियो । उक्त चुच्चे नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको थियो । यसअघि सो जमिन भारतले आफ्नो भएको दाबी गर्दै आएकोमा पहिलो पटक नक्सामै उक्त स्थानहरु समेटीदा नेपाली नागरिकहरु पनि खुसि थिए ।

संसदमा रहेका सबै दलका सांसदहरुको सहमतीमै नेपालमा चुच्चे नक्सा सार्वजनिक भएको थियो । तिन ओटै क्षेत्र समेटेर नेपालको नयाँ चुच्चे नक्सा संसदबाट सर्वसम्मत रुपमा पारित पनि भइसकेको छ । ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको उक्त प्रस्तावमा हालको सत्ता गठबन्धनमा रहेका सबै दलले समर्थन जनाएका थिए । नक्सा पास भएपनि जग्गा भने अझै भारतको अधिनमा छ । जसलाई फिर्ता ल्याउने विषयलाई अहिले चुनावी हतियार बनाइँदै छ ।

attariya hospital

आफ्नो पार्टीलाई देशभक्त पार्टीको रुपमा चिनाई निर्वाचनमा फाईदा पु¥याउने उद्देश्यले नेकपा एमाले अध्यक्ष ओलीले एमालेको चुनावी प्रचार प्रसार अभियान दार्चुला बाट गरे । उक्त कुरा सामान्य रुपमा सबैले आँकलन गरेकै कुरा हो । राष्ट्रियता जस्तो गम्भिर बिषयमा यसअघिकै संसदले स्पष्ट म्यान्डेड दिइसक्दा पनि समस्याको सामाधान गर्न केन्द्रित हुनुपर्ने बेलामा अहिले दलहरु चुनावी हतियार बनाएर भोट तान्ने माध्यम बनाउन थालेका छन् ।

navjiwan hospital

चुच्चे नक्सा पारीत भएको अढाई बर्ष बितिसक्दा पनि जग्गाको भोगाधिकार आफ्नो बनाउन नसकेका दल तथा तिनका नेताहरुले अहिले यसै विषयलाई चुनावी अस्त्रका रुपमा प्रयोग गर्न थालेका छन । नक्सा पारित भएको १ बर्ष सम्म ओली नै प्रधानमन्त्री रहेका थिए भने हाल डेढ बर्ष यता देउवा प्रधानमन्त्री छन । सत्तामा रहदाँ खासै यस बिषयमा नबोल्ने नेताहरुले चुनावको मुखमा यसलाई जोडतोडका साथ उठाएर भोट तान्ने प्रयास गरिरहेका छन । दार्चुलाबाट सुरु गरिएको एमालेको चुनावी प्रचारप्रसार अभियानलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी जसरी भएपनि ल्याएरै छाड्ने बताए ।

उनले भारतले मिचेका नेपालका भुभागहरु एक एक गरेर फिर्ता ल्याउने दावी गरे । त्यतिमात्रै नभई उनले भारतले नेपाली भुभागबाट अनावश्यक ढंगले सडक बनाईरहेको र किचलो झिकेको बताए । त्यति भन्दै गर्दा उनले नेपालले आफैले सडक निर्माण गर्ने पनि बताए । तर त्यसको केही समयमै उनले नेपालतिरको कडा चट्टानका कारण सडक बनाउनमा ढिलाई भैरहेको पनि भन्न भ्याए । उनले मिचिएको नेपाली भुभाग फिर्ता ल्याउने भनीरहँदा कसरी फिर्ता ल्याउने भन्ने विषयमा मौन बसे ।

दार्चुलामा एमाले अध्यक्ष ओलीको मन्तव्य सामाजिक सञ्जालमा आएलगत्तै प्रधानमन्त्री शेर बहादुर देउवाले त्यसको जवाफ दिएका थिए । देउवाले गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै भाषण गरेर मात्रै ति क्षेत्रहरु नआउने र त्यसका लागी कुटनितिक पहल थाल्नुपर्ने बताएका थिए ।

संसदबाट सर्वसम्मत र सबै दल एक भइसकेको यस नक्साको बिषयमा अहिले चुनावको मुखमा दलका शिर्ष नेताहरु नै को बढी राष्ट्रबादी हुने होडमा साथ अभिब्यक्ति दिइरहेका छन् । नेताहरुले बर्षैदेखि भारतको अधिनमा रहेको भूमि फिर्ता ल्याउने भनीरहदा अतिक्रमित भूमिको वारिपट्टी नेपालकै स्वामित्वमा रहेको नेपाली भूमिमा बसेका मानिसहरुको पीडामा भने मौन छन् ।

अहिले पनि अतिक्रमित भूमिको बारिपट्टिका छाङरु र तिंकरका नागरिक भारतमा आश्रित रहेका छन् । नेताहरुको चर्को बोलिकै कारण भारतमा आश्रित ति नागरिक झन बढी अपमानित हुने गरेका छन । तर, आफ्नो स्वास्र्थका लागि राष्ट्रियता जस्तो गम्भिर बिषयमा उत्तेजित भाषण गरेर नेताहरु भोटमूखि बन्नु नेपालकै लागी दुर्भाग्यको कुरा हो ।