मोबाइलको लतबाट जोगिने तरिका ‘हप्ताको कुनै एकदिन नो फोन डे मनाउनुहोस्’

मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हामी मोबाइलमै बिताउँछौं । राम्रो कामका लागि भन्दा पनि नराम्रो कामका लागि मोबाइलको प्रयोग धेरै भइरहेको हुन्छ । मोबाइलको एउटा लत बसिसकेको हुन्छ । उक्त लतको समस्याबाट छुटकारा पाउन कतिले धेरै प्रयास गरिरहेका हुन्छन् ।

maya metro hospital

कुनै पनि समस्याको समाधान भनेको सर्वप्रथम त त्यो समस्याको पहिचान गर्नु हो । त्यो समस्याप्रति सचेत रहनु हो । यदी स्मार्टफोनको लतबाट छुट्कारा पाउन चाहनुहुन्छ भन्ने सर्वप्रथम त तपाईं यसको लत बारे सचेत हुनुपर्दछ ।

joshi vada pasal 2

यसको समस्या बारे बुझ्नु पर्दछ । स्मार्टफोनको लतबाट छुट्न धेरै उपायहरु छन् । ति उपायहरु निम्न बुँदाहरुमा उल्लेखित छन् ।

  • हप्ताको कुनै एकदिन नो फोन डे मनाउनुहोस् । यो दिन मोबाईल नछुनुहोस् र आफ्नो परिवारसँग समय बिताउनुहोस् । परिवारमा गफ गरेर वा कतै घुम्न गएर समय बिताउनुहोस् ।
  • सामाजिक सञ्जालहरू धेरै चलाउनु हुन्छ भने ति एपहरू तपाईंले मोबाईलमा सजिलै भेटाउन नसकिने ठाउँमा राख्नुहोस् । यसकारण तपाईंले ति एपहरू भेटाउन समय लाग्छ र अनावश्यक कुराहरुमा तपाईंको पनि ध्यान जादैन् ।
  • नोटीफिकेसन आउँदा हामी मोबाईल हेर्न हतार गर्छौ । यसकारण तपाईंको मोबाईलको नोटिफिकेसन बन्द गरिदिनुस्, तपाईंले आधा लडाई त्यही जिती सक्नुहुन्छ । नोटिफिकेसनको आवाजले पानी हाम्रो समयलाई बर्बाद गरिरहेको हुन्छ । आफुलाई चाहिने महत्त्वपूर्ण कुराहरु कुनै निश्चित समयमा मात्रै चेक गर्नुहोस् ।
  • तपाईंको मोबाईल चलाउने बानीलाई कुनै अर्कै बानीले हटाउनुहोस् । बिहान र बेलुका कम्तिमा ३० मिनेट प्रति दिन हिड्न जानुहोस् ।
    फलामलाई फलामले काट्छ भनेझै प्रविधिबाट बच्न प्रविधिको प्रयोग गर्नुहोस् । मोबाईलमा भ्वाइस कमाण्डको प्रयोग गर्नुहोस् । यसले तपाईंले मोबाईल चलाउदा तपाईंको मुद्रा पनि बिग्रिदैन र घाँटी दुखाइको समस्या पानी आउँदैन् ।
  • तपाईंले आफ्नो इलेक्ट्रोनिक उपकरणहरुको विभाजन गर्नुहोस् । लामो समय मोबाईलमा नबिताउन आफ्नो कामलाई ल्यापटप, डेस्कटपमा विभाजन गर्नुहोस् । भिडियोहरु टिभीमा हेर्नुहोस् भने इमेल डेस्कटपमा ।
  • अहिले स्क्रीन टाईम मापन गर्ने धेरै एपहरू उपलब्ध छन् । ति एपहरूको सहयोगले आफ्नो स्क्रीन टाईम ट्र्याक गर्नुहोस् र के कुरामा अतिरिक्त समय खर्च भइरहेको छ थाहा पाउनुहोस् ।
  • अनावश्यक कुराहरुका लागि मोबाईल नचलाऊनुहोस् । बरु रचनात्मक कार्यमा समय बिताउनुहोस् । आफ्नो इच्छा र मन परेको काम गर्नुहोस् ।
  • धेरै बेर मोबाईल मात्रै चलाएर नबस्नुहोस् । त्यसको साटो प्रकृतिसँग पनि समय बिताउनुहोस् । आफ्नो वरिपरिको वातावरणको पनि ख्याल राख्नुहोस् ।
  • सामाजिक संजालहरुलाई एउटा उपकरणको रूपमा प्रयोग गर्नुहोस् । तर आँफै यसको सिकार नहुनुहोस् ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.