कार्तिक ३ गते पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा आनन्द कामीले करातेँ तर्फ ५० केजी तौल समुहमा स्वर्ण पदक जिते । पदक जितेपछि उनलाई शनिबार अत्तरियामा भब्य स्वागत तथा सम्मान गरियो । कैलालीको गोदावरी नगरपालिका – १२ का आनन्दलाई अत्तरिया बजार परिक्रमा गराउँदै यस क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, खेलाडी, सर्वसाधारण लगायतले भब्य स्वागत तथा सम्मान गरे ।
बाजा गाजा सहित उनलाई धनगढी बिमान स्थलबाट नै अत्तरियामा पु¥याइएको थियो । उनको घाटी खादाले भरिएको थियो भने अनुहार रातो टिकाले पोतिएको थियो । कैलालीबाटै पहिलो पटक यति ठूलो उपाधि जितेका आनन्दले आफ्नो गृह नगरमा यतीको सम्मान पाउनु स्वभावित भएपनि उनले करियरका लागि भने यो प्रयाप्त थिएन् ।
निकै त्याग, लगन मिहेनत र चुनौतिको सामना गरेर उनले यस क्षेत्रकै नाम उचो पार्ने गरी पदक जितेका भएपनि उनले पाएको पुरस्कारको राशि भने २५ हजार मात्रै थियो । जुन अचेल वडा स्तरमा भएको प्रतियोगितामा पनि यो भन्दा बढी रकम दिइने गरिन्छ ।
उनका समर्थकहरुले उनले पाएको पुरस्कार राशिको चेकलाई ठूलो फ्रेममा सजाएर सम्मान -यालीमै बोकेका थिए । पुरस्कार आफैमा सम्मान भएपनि उनले लगानी, मिहेनको भने त्यो राशिको पुरस्कारले उनको उल्टै अपमान गरेको भान हुन्थ्यो ।
धेरैले ¥यालीमा यती ठूलो सफलता हात पार्नेलाई यती सानो पुरस्कार भनेर पनि कानीखुसी गरिरहेका थिए । जसका कारण आनन्दलाई स्वागत तथा सम्मान गर्न अत्तरिया चोकमा पुगेका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र संघसस्थाका प्रतिनिधिले उनको करियरलाई अगाडी बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाउन छुटाएनन् ।
यसले उनलाई सहानुभूति दिएको भएपनि एक राष्ट्रिय स्तरको पदक जित्ने खेलाडीले सहयोगकै भरमा जिवन जिउने अवस्था आउनु चाही निकै दुःखद हो । त्यसैले सुदूरपश्चिम प्रदेशबाट खेलेर प्रदेशकै नाम उचो हुने गरी राष्ट्रिय स्तरको उपाधि जित्ने खेलाडीलाई सहानुभूति भन्दा पनि त्यस्ता खेलाडीले राज्यबाट सेवा सुविधा पाउने हक सुनिश्चित गर्न आवश्यक छ ।
एउटा बिपन्न परिवारबाट आएको खेलाडीले आफ्नो निजी सम्पती सकेर राष्ट्रका लागि खेल्नुपर्ने वाध्यताको अन्त्य गर्न जरुरी छ । जसका लागि राज्यले नीति नै बनाएर राज्यका गहना खेलाडीले बाच्न सक्ने र खेल जिवनलाई थप अगाडी बढाउने वातावरण सृजना गर्न आवश्यक छ ।