सामसङको सस्तो स्मार्टफोन सार्वजनिक

अहिले बजारमा सामसङको ‘एस’ सिरिजको स्मार्टफाेनकाे चर्चा चलिरहेको छ । यसैबीच सामसङले ‘ए’ सिरिज अन्तर्गतको सस्तो फोन सार्वजनिक गरेको छ । कुनै ठूलो कार्यक्रम अथवा अन्य कुनै आयोजना बिना नै कम्पनीले ग्यालेक्सी ‘ए जीरो फोर ई’ स्मार्टफोन सार्वजनिक गरेको छ ।

maya metro hospital

यो फोनमा ६० हर्जको रिफ्रेसरेट सहितको ६.५ इन्चको एचडी प्लस पीएलएस एलसीडी डिस्प्ले छ । फोनमा डट नचसहित ५ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । फोनको पछाडि भने १३ मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको डेप्थ सेन्सर छ ।

फोनमा मिडियाटेक हेलियो जी३५ प्रोसेसर राखिएको छ । फोनलाई ३ जीबी र्‍याम र ४ जीबी र्‍यामको दुईओटा भेरियन्टमा उपलब्ध गराइएको छ भने इन्टर्नल स्टोरेजमा भने दुवै भेरियन्टको लागि ३२ जीबी, ६४ जीबी र १२८ जीबीको भेरियन्ट उपलब्ध छ ।

attariya hospital

थप स्टोरेजको लागि भने माइक्रो एसडी कार्ड स्लट पनि दिइएको छ । एन्ड्रोइड १२ मा आधारित यो फोनमा ५००० एमएएचको ब्याट्री छ ।

नेपाली बजारमा यो फोनको मूल्य करिब १६ हजार रुपैयाँकाे हारहारीमा पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.