कालोबजारी नियन्त्रणमा ध्यान देउ

नेपालीहरुको महान पर्व वडादशैमा पनि विगतका जस्तो अत्तरियाका व्यवसायीहरुको व्यापार भएन । अरु समय भन्दा चाडपर्वको बेला बढी व्यापार हुने आंकलन गरेका व्यवसायीहरुले यसपटक निराशा खेप्नुप¥यो । अब तिहार पनि सुरु भइसकेको छ । तर, व्यापारीहरुको व्यापारमा अझै पनि वृद्धी भएको छैन । अहिले अत्तरिया मात्रै नभई, गोदावरी नगरपालिकाका दुर दुरका मानिसहरु पनि सामग्री खरिदका लागी छिमेकी मुलुक भारतको बनगाउँ बजारमा जाने गर्दछन । दिनहुँ बनगाउँ बजारबाट सामग्री ओसार पसार गर्ने नेपालीहरुको घुँईचो नै लाग्ने गर्दछ । नेपाली बजारको भन्दा सस्तो मुल्यमा सामग्रीहरु पाईन थालेपछि यहाँका नागरिकहरु पनि बनगाउँ गएर सामग्री खरिद गर्ने गर्दछन ।

maya metro hospital

यहाँको तुलनामा कम रकममा त्यहाँका व्यापारीहरुले सामग्रीहरु बेचविखन गर्ने गर्दछन । त्यसैले यहाँ महंगोमा किन्नुपर्ने सोही सामान सस्तो मुल्यमा पाईन थालेपछि बनगाउँ बजारबाट सामान किन्नेको घुइचो नै छ । खुल्ला सीमानाका कारण व्यवसाय डामाडोल अवस्थामा पुगेपछि यहाँका व्यापारीहरु भने चिन्तित छन । बढ्दै गएको महंगीका कारण नेपालीहरु सीमानाका नजिक रहेका भारतका बजारहरुबाट सामग्री किन्न थालेका हुन । नेपालमा महंगी बढ्नुको कारण र यसको रोकथामका लागी कसैले पनि चासो देखाएका छैनन् । जसले गर्दा नेपाली व्यापारीहरुले सास्ती खेप्नुपरेको अवस्था छ ।

हुन त महंगीको एउटा कारण कालोबजारी पनि हो र, त्यो व्यापारीहरुले नै सृजना गरेका हुन्छन । कुनै वस्तुको मुल्य घट्दा व्यापारीहरुले सो बस्तुको आयात धेरै गरेर बजारमा भने उक्त वस्तुको अभाव सृजना गर्दछन । वस्तुको अभाव हुँदा माग बढ्न थालेपछि स्वतः मुल्य पनि बढ्न जान्छ । जब मुल्य बढ्छ तब व्यापारीहरुले उक्त वस्तुहरु विक्रि वितरण गर्ने गर्दछन । जसलाई कालोबजारी भन्ने गरीन्छ र यो रोग देशभर नै मौलाएको छ । जसका कारण दिनानुदिन महंगी बढीरहेको छ । देशभर ठुला ठुला व्यापारीहरुले यस्तो कालोबजारीहरु गर्ने गर्दछन, जसको मारमा उपभोक्ताका साथै साना साना व्यापारीहरु पनि परेका छन ।

attariya hospital

कालोबजारीकै कारण महंगी बढ्यो, जसले गर्दा नेपाली व्यापारीहरुले ग्राहक पाईरहेका छैनन । खुल्ला सिमानाकाका साथै कालोबजारीको नियन्त्रण गर्न सके देशको महंगीको समस्या पनि समाधान हुन सक्छ । नेपालीहरु दैनिक हजारौको संख्यामा सीमानाकामा रहेका भारतका बजारहरुबाट सामग्रीहरु खरिद गरिरहेका छन, जसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्रमा पनि परेको छ । त्यसैले नेपाली बजारमै नेपालीहरुलाई रोक्नका लागी महंगी रोक्न आवश्यक छ । जसको एक कारण कालोबजारी पनि भएकालय स्तो विषयमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.