किसानका बाली समेट्दै उम्मेदवार

अहिले किसानहरुले बाली भित्र्याउने समय हो । कृषि काम गरेर उब्जनी गरेको अन्नबालीले जिवन गुजारा गर्ने र अर्काको पनि पेट पाल्नका लागी अन्न उत्पादन गर्ने किसानहरु यतिबेला घरमा भन्दा पनि खेतबारीतिर बढी भेटिन्छन । किसानहरुलाई पाकेको अन्नबाली समेट्ने चटारो यतीबेला छ । त्यही बिच आगामी मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउदै छ । निर्वाचनमा विभिन्न दलबाट उम्मेदवारी दिएर चुनावी प्रतिष्पर्धामा होमिएका उम्मेदवारहरुहरु अहिले घरदैलो अभियानमा छन । घरदैलो अभियानका क्रममा हिडेका उम्मेदवारहरु किसानहरुलाई घरमा भन्दा पनि खेलबारीमा भेट्दै आफ्ना लागी मत माग्न थालेका छन ।

maya metro hospital

कतै कतै त किसानहरुका बाली काट्न समेत उम्मेदवारहरु पछि परेका छैनन् । किसानहरुलाई खेतबारीमा भेट्ने, उनीहरुसँग चुनावी कुरा गर्ने, विभिन्न आश्वासन देखाउने कामका साथै उनीहरुलाई अन्न समेट्नमा सहयोग गर्दै उम्मेदवारहरुले आफ्ना चुनावी एजेण्डाहरु प्रस्तुत गरिरहेका छन । चुनावी एजेण्डाहरु सुनेर टाउको हल्लाउने काम अहिले किसानहरुको छ । किसानहरुले चुनावी एजेण्डाहरु भन्दा पनि आफ्नो कामलाई बढी ध्यान दिएका छन ।

अहिलेका उम्मेदवारहरुको चुनावी एजेण्डाहरु चिप्ला मात्रै छन, नागरिकलाई आवश्यक पर्ने साना तिना कुराहरुको साटो विगतदेखि नै एजेण्डामा मात्रै सिमित बनेका योजनाहरु अहिलेका उम्मेदवारका चुनावी एजेण्डामा अटाएका छन । जसले गर्दा मतदाता किसानहरुले उम्मेदवारका एजेण्डाको साटो आफ्नो कामलाई बढी महत्व दिएका हुन । त्यतिमात्रै नभई एजेण्डाले मात्रै आवश्यकता पुर्ति गर्न अवस्था नभएको र आफुलाई दैनिकि कटाउन पनि काम गर्नुपर्छ भन्ने कुरा किसानहरुले बुझेका कारण अहिलेका उम्मेदवारका चुनावी एजेण्डाहरु एजेण्डामै सिमित बनेका छन । विगतदेखि नै ठगिएका कारण उनिहरुका एजेण्डामा किसानहरुले रत्तिभर पनि विश्वास गर्न सकेका छैनन् ।

attariya hospital

मतदाताहरुको विश्वास जित्नका लागी विगतमा गरेका कामकारबाही र व्यवहारले महत्व राख्दछ । चुनावी माहोलमा मात्रै आफुलाई मतदाताको आवश्यकता पर्दाे रैछ भन्ने बुझाई राख्ने उम्मेदवारहरुलाई उखलेर फाली केही गर्ने दृढ विश्वास र क्षमता भएका उम्मेदवाहरुको छनौट गरौ । किसानहरुका बाली समेट्न एक छिन सहयोग ग¥यो भन्दैमा त्यसैलाई भोट हाल्ने मनस्थितिमा मतदाता छैनन । उनीहरुले विकासको नयाँ खाका कोर्न सक्ने उम्मेदवार चाहेका छन र त्यसका लागी कामलाई प्राथमिकता दिने उम्मेदवार नै किसान र मतदाताका लागी योग्य ठहरिनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.