प्रस्तावित गेटा मेडिकल कलेज पनि चुनावी मुद्धा

कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा निर्माण भैरहेका भवनहरु प्रस्तावित गेटा मेडिकल कलेजका हुन । उक्त मेडिकल कलेजलाई सुरुवाती चरणमा मेडिकल कलेज, स्वास्थ्य प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय, के बनाउने भन्ने बारेमा निक्र्यौल नहुँदा सामान्य हिसाबले सबैले गेटा मेडिकल कलेज भनेर सम्बोधन गरे । अहिले पनि सोही नामले आम मानिसहरुले सम्बोधन गर्ने गर्दछन ।

maya metro hospital

हाल गेटामा करोडौंका भवनहरु ठडिएका छन, तर अझै पनि कुन प्रारुपमा त्यसलाई सञ्चालन गर्ने भन्ने एकिन नहुदाँ ति भवनहरु छाडा चौपाया बस्ने स्थलका रुपमा मात्रै प्रयोग भएका छन । गेटा मेडिकल कलेजलाई यथासक्य सञ्चालनमा ल्याईनुपर्ने भन्दै अत्तरियामा हस्ताक्षर अभियान पनि सञ्चालन गरिएको थियो ।

स्थानीय युवाहरुको समुहले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा छिटो अगाडी बढाई सञ्चालनमा ल्याईनुपर्ने भन्दै आन्दोलन नै गरेका थिए । सोही विषयको समर्थन गर्दै र गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडी बढाउनुपर्ने लगायतका मागहरु राख्दै डाक्टर गोबिन्द केसी अनसन बसेका थिए । सरकारसँगको सहमतिपछि केसीले अनशन तोडेका थिए । त्यसअघि धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले पनि उक्त मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा अगाडी बढाईने बताएका थिए ।

attariya hospital

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्राबास लगायत संरचना निर्माणको काम सकिएको छ । कलेजको करिब ९० प्रतिशत भन्दा बढी काम सकिईसकेको अवस्था छ ।

गेटा मेडिकल कलेज सञ्चालन नभएकाले अहिले त्यो विषय चुनावी मुद्धा बनेको छ । मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिएका हेबिवेट नेताहरुले नै अहिले गेटा मेडिकलको विषयलाई राजनीतिक मुद्धा बनाएर आफ्नो चुनावी एजेण्डामा समावेश गरेका छन । नेतृत्व तहमा पुगेका बेला छड्के आँखा समेत नलगाएका नेताहरुले अहिले घरदैलो अभियानका क्रममा पनि गेटा मेडिकल कलेजलाई निर्माण गर्ने सपनाहरु मतदाताहरुलाई देखाउन थालेका छन ।

आफुले जिते तुरुन्तै गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउने भन्दै फुर्ति देखाईरहेकाहरुले यसअघिका बर्षहरुमा नेतृत्व तहमा पुग्दा भने बेवास्त गरेका थिए । जनतालाई झुक्याएर चुनावमा आफ्नो पक्षमा मत तान्नका लागी गरिने यस्ता क्रियाकलापहरुको अब भने विरोध गर्नुपर्ने अवस्था आएको छ ।

पटक पटक एउटै मुद्धाले चुनाव जित्ने सपना देखिरहेका नेताहरुलाई वास्तविक धरातलमा उभ्याउने समय आएको छ । यो समयमा नागरिकहरु चुक्न हुन्न । त्यसैले गेटा मेडिकल कलेजलाई जस्तै यहाँका अन्य पुराना योजनाहरुलाई पनि विगतका जसरी चुनावी मुद्धा मात्रै बनाएर भोट माग्न आउने नेताहरुलाई मतदाताले चिन्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.