अनुगमनलाई निरन्तरता देउ

केही दिन पछि हिन्दु धर्मावलम्बीहरुको महान पर्व तिहार आउदैछ । तिहारको समयमा स्थानीयहरुले विभिन्न आवश्यक सामग्रीहरु खरिद गर्ने गर्दछन । प्रायजसो चाडपर्वको समयमा बजारमा ग्राहकहरुको संख्या बढी हुने र व्यापारीहरुलाई सामग्री विक्रिमा भ्याई नभ्याई हुने भएकाले कालोबजारी र म्याद नाघेका सामग्रीहरुको बिक्रिवितरण बढ्न जान्छ । भिडभाडमा जस्तो सुकै सामग्री भएपनि नहेरीकनै खरिद गर्ने ग्राहकहरुको बानीका कारण चाडपर्वको समयमा बढी जसो यस्ता सामग्रीहरुको विक्रिवितरण हुने गर्दछ ।

maya metro hospital

केही दिन अघि मात्रै सकिएको दशैलाई लक्षित गरी कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमन गरेको थियो । तिन दिन सम्म गरिएको बजार अनुगमनमा म्याद नाघेका लाखौका सामग्रीहरु बरामद गरिएका थिए । ति सामग्रीहरु नगरपालिकाले बरामद गरेर नष्ट गरेको थियो । सोही अनुसार तिहारको पुर्वसन्ध्यामा पनि नगरपालिकाले बजार अनुगमन गर्नुपर्ने अनिवार्य देखिन्छ ।

बजारको अनुगमन गर्दा बजारमा रहेका म्याद सकिएका सामग्रीहरु तथा उपभोग गर्न नमिल्ने सामग्रीहरुको बेचबिखन रोकिन जान्छ । जसले गर्दा नगरबासीहरुले स्वस्थ खानेकुराहरु प्रयोग गर्न पाउँछन । अनुगमन नभए बजारमा उपभोग गर्न सकिने अवस्थामा नरहेका वस्तुहरु समेत बिक्रिवितरण हुन जान्छन, जसले नगरबासीको स्वास्थ्यमा असर गर्न सक्दछ ।

attariya hospital

तिहारमा अनिवार्य नै भएपनि अनुगमनलाई भने निरन्तरता दिईनुपर्दछ । बजारमा अहिले पनि लेबल नभएका, म्याद नाघेका र बढी जसो विषादीयुक्त वस्तुहरु विक्रि वितरण भैरहेका छन । त्यस्ता वस्तुहरुको प्रयोगले मानिसमा नराम्रो असर गर्दछ ।

नागरिकको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी पनि भएकाले नगरपालिकाले अनुगमनलाई चाडपर्व लक्षित मात्रै राख्नुहुदैन । नगरपालिकाले अनुगमनको संंयोजकको रुपमा नगरउपप्रमुखलाई तोकेको छ । नगर उपप्रमुखले बजारमा हुने यस्ता खालका गतिविधिहरुको रोकथामका लागी एक्शन लिन सक्नुपर्दछ ।

नगरबासीको स्वास्थ्यमाथी खेलवाड हुने कुनै पनि किसीमका क्रियाकलापहरुलाई बहिस्कार गर्न नगरपालिकाले ढिलाई गर्नुहुदैन । दशैको अवसरमा गरिएको अनुगनमन जस्तै तिहारको समयमा पनि अनुगमन गर्ने र त्यसलाई निरन्तरता दिने कुरामा संयोजक भएको नाताले उपप्रमुखले पहलकदमी गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.