चोरीका घटना रोक्न सतर्कता अपनाऔं

चाडपर्व समयमा चोरीका घटना बढ्ने गरेका छन । चाडपर्वमा चोरीका घटना बढ्ने भएकाले प्रहरीले पनि सुरक्षा सतर्कता अपनाएको जनाउने गर्दछ । तर, यस्ता घटना रोकिएका भने हुँदैनन् । सुदूरपश्चिम प्रदेशको राजधानीको सहर अत्तरियामा पनि चाडपर्वमा हुने चोरीका घटनाको जोखिम बढी हुँन्छ । प्रदेशकै जस्कनका रुपमा रहेको यस क्षेत्रमा धेरै ठाउँका मानिसहरु ओहोर–दोहोर गर्ने गरेका छन ।

maya metro hospital

धेरै मानिस ओहोर–दोहोर हुने यस ठाउँमा चोरीमा संलग्न गिरोह पनि सहजै प्रवेश गर्न सक्ने खतरा उत्तिकै हुन्छ । जसले गर्दा अत्तरियामा बजार क्षेत्रमै नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि गस्ती गर्ने गरेका भएपनि प्रहरीको आखाँ छलेर यस क्षेत्रमा चोरीका घटना नियमित भइरहेको बेला बेलामा सुन्ने गरिन्छ ।

चोरीको मुख्य तार्गेट बिशेष गरेर अत्तरिया बजार क्षेत्रका पसल पर्ने गरेका छन । चोरले यस क्षेत्रमा पसल फुटाएर चोरी गरेको घटना बढी सुनिने गरेका छन । चोरीका घटना बढ्दा यस क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीले ढुक्क भएर व्यापार गर्न पाएका हुँदैनन् । व्यवसाय गर्नका लागि मुख्य पुर्वाधार मध्येको एक सुरक्षा भएपनि त्यसको प्रत्याभूति अझै हुन पाएको छैन ।

attariya hospital

दर्जनौं बैंक, अस्पताल, विद्यालय रहेको यस क्षेत्रमा हुने यस्ता चोरीका घटनाले यहाँ व्यवसाय गर्ने वातावरण विग्रने जोखिम छ । व्यवसायीलाई व्यवसाय गर्न सुरक्षाको प्रत्याभूति भएन भने व्यवसायी पलायन हुने अवस्था आउने गर्दछ । जसको परिणामा स्वरुपमा यस क्षेत्रमा आर्थिक क्रियाकला घट्न गई जनताले आर्थिक नोक्सानी बेहोर्नु पर्ने हुन्छ ।

व्यवसाय गर्ने आवश्यक पर्ने सुरक्षा जस्तो गम्भिर बिषयमा राज्यको ध्यान जान अति आवश्यक छ । राज्यले व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्ने वातावरण बनाउनको लागि कुनै पनि कसुर बाँकी राख्नु हुन्न ।

व्यवसायीक हवका रुपमा विस्तार हुँदै गएको अत्तरिया बजारको गतिलाई रोक्न यस क्षेत्रमा व्यवसायीले भयरहित वातावरण बनाउन आवश्यक छ । त्यसका लागि बजार क्षेत्रमै रहेका सुरक्षा निकायले चौविसै घण्टा मुख्य बजार तथा शाखा सडकका बजारमा गस्ति बढाउन आवश्यक छ ।

साथै अहिलेको प्रविधिको प्रयोग गरेर पनि यस्ता चोरीका घटना रोक्नका लागि प्रहरी प्रशासन तथा राज्यका निकायको ध्यान जानु पर्छ । अत्तरिया जस्ता संवेदनसिल ठाउँमा यसको निगरानिका लागि चारैतिर कवरेज हुने गरी सिसिटिभि क्यामेराको निगरानी राख्न आवश्यक छ । रातिको समयमा बढी जसो चोरिका घटना हुने भएकाले मुख्य तथा शाखा सडकहरुमा सडक बत्ति जडान गर्न पनि उत्तिकै आवश्यक छ । चोरीका घटना रोक्नका लागि प्रहरी प्रशासनको मुख मात्रै ताकेर पुग्दैन । त्यसका लागि व्यवसायीले पनि सजक हुन आवश्यक छ । सकेसम्म चोरी नहुने गरी बलियो संरचना निर्माण गर्ने, आफ्नो व्यवसाय क्षेत्रमा सिसिटिभि क्यामेरा लगाउने लगायतका पुर्व सतर्कताका काम गर्न आवश्यक छ ।

चोरी हुनै नदिने र भइहाले त्यस्ता घटनामा संलग्नलाई चाडोभन्दा चाडो कारवाहीको दायरामा ल्याउन पनि उतिकै आवश्यक छ । जसले गर्दा चोरमा संलग्नको मनोबल बढ्न नपाओस् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.