सुदूरपश्चिमको राजधानी तोकिएको गोदावरी नगरपालिकाकै मुख्य शहर अत्तरिया विकसित हुदै गएको छ । पहिलेको तुलनामा यहाँ हजारौ व्यवसायीक पसलहरु खुलिसकेका छन । धेरै ठूला नभएपनि गुणस्तरिय होटलहरुको संख्या बढ्दै गईरहेको छ । विभिन्न संघसंस्थाहरु खुल्ने क्रम जारी छ । बैंक तथा वित्तिय संस्थाहरु त अन्य क्षेत्र भन्दा बढी भैसकेको अवस्था छ । यहाँ मानिसहरुको बसोबास पनि बढेको छ ।

त्यतिमात्रै हैन यहाँ विभिन्न क्लब तथा संघसंस्थाको उपस्थिति पनि बलियो मात्रामा रहेको छ । नगरपालिका भित्र रहेका विभिन्न संघसंस्था तथा क्लबहरुले खेलकुदका प्रतियोगीताहरु आयोजना गर्नका लागी आफ्नै खेलमैदानहरु निर्माण गरेका छन । ति खेलमैदानहरु सानै भएपनि क्लबस्तरिय खेलकुदहरुका लागी उपयुक्त नै हुन्छन ।

प्रत्येक वर्ष नगरका सबै वडाहरुले विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन । त्यस्ता खेलकुद प्रतियोगीताहरु खुल्ला खेलग्राउण्डमा खेलाईने गरीन्छ, त्यो आपत्तिको विषय भएन । तर केही यस्ता खेलहरु पनि छन, जुन खेलहरुका लागी ईनडोर खेलमैदान आवश्यक पर्छ । अत्तरिया क्षेत्रमा पछिल्लो समय ब्याटमिन्टन, तेक्वान्दो, कराँते, भलिबल लगायतका खेलकुदहरु बढी मात्रामा हुने गरेका छन ।
ति खेलहरु सबै ईन्डोर खेलमैदानमा खेलाईने खेलहरु भएपनि ग्राउण्ड अभावका कारण खुल्ला चौरमा खेलाउनुपर्ने बाध्यता छ । गत चैतमा अत्तरिया तेक्वान्दो डोजाङ्गले प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता आयोजना गरेको थियो ।
उक्त प्रतियोगीताका सहभागीहरुले पनि ईन्डोर खेल ग्राउण्डको अभाव रहेको भन्दै पटक पटक सम्बन्धीत निकायलाई घचघच्याएका थिए । प्रतियोगीतामा प्रदेशका सबै जिल्लाहरुबाट खेलाडीहरु आउँदा र आफुहरुले खेललाई ईन्डोर क्षेत्रमा खेलाउन नसक्दा लजास्पद महसुस भएको आयोजकले बताएको थियो ।
नियमित खेलिने यस्ता खेलहरु ईन्डोर खेलमैदानको अभावका कारण पानि पर्दा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । ईन्डोर खेलमैदानकै अभावका कारण खेलमा राम्रो क्रेज हुदाँहुदै पनि गुपचुप बस्नुपर्ने बाध्यता खेलाडीहरुमा छ । नजिकैका शहरहरु धनगढी र महेन्द्रनगरमा यस्ता खेलहरुका लागी ईन्डोर खेलमैदान बनाईएका छन ।
ति शहरहरुमा रंगशालाहरु समेत निर्माण गरिएका छन । तर नजिकै रहेको अत्तरियामा रंगशालाको त कुरै छोडौ ईन्डोर खेलमैदान समेत बन्न सकेको छैन । यस्तो अवस्थामा नगरमा भएका खेलाडीहरुको भविष्य अन्यौलमा पर्ने सम्भावना देखिन्छ । राम्रो अभ्यास नहुँदा प्रतियोगीतामा विजय हासिल गर्न सकिदैन, तर राम्रो प्रतिष्पर्धाका लागी आवश्यक कुराहरु अत्तरियामा छैनन । त्यसैले यहाँका खेलाडीहरु असिमित प्रतिभाका बिच पनि पराजय भोगेर आउने गर्दछन ।
विगतका जस्तो अब हुनुहुदैन । अत्तरियालाई पनि विकसित शहरको रुपमा पहिचान दिलाउन यस्ता कुराहरुमा सम्बन्धीत पक्षले ध्यान दिनुपर्दछ । ईन्डोर खेलमैदानका कारण धेरै खेलाडीहरुले राम्ररी प्रशिक्षण गर्न पाउँछन भने त्यसको निर्माण ध्यान दिईनुपर्दछ । रंगशाला निर्माणका लागी पनि सम्बन्धीत पक्षले विचार पु¥याउनुपर्दछ ।
खेलले नै व्यक्ति, समाज, शहर र नगरको पहिचान दिलाउने कुरामा दुई मत छैन । त्यसैले नगरको विकाश र पहिचानका लागी पनि यस्ता कुराहरुमा नगरपालिकाले ध्यान दिनुपर्दछ । जिल्लास्तरिय तथा प्रदेशस्तरिय ईन्डोर खेलहरु आयोजना गर्नका लागी अत्तरियामा खेलमैदान छ भन्ने वातावरण सिर्जना गनुर्पदछ ।
ईन्डोर खेलहरुको नियमितताका लागी एउटा इन्डोर खेलमैदान बनाउन नगरपालिका तथा सम्बन्धीत निकायले तदारुकता देखाउन आवश्यक छ ।