बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर

दशैँको दिन देखि परेको अविरल वर्षाले सुदूरपश्चिमका विभिन्न स्थानमा ठूलो क्षती पु¥याएको छ । देशभर विभिन्न स्थानमा काम गर्ने सुदूरपश्चिमेलीहरु दशैँको विदामा परिवारसँग पर्व मनाउन घर फर्किएपनि काममा जान पाएका छैनन । लगातार परेको बर्षाका कारण प्रदेशका विभिन्न राजमार्गहरु अवरुद्ध बनेका छन । अवरुद्ध राजमार्गहरु खुलाउने प्रयास जारी छ, केही खुलाईएका छन, केही अझै खुल्न सकेका छैनन । वर्षाका कारण कयौका घर डुबानमा परेका छन, कसैको घर पहिरोेले लगेको छ ।

Karma Consultancy

प्रदेशको कैलालीमा मात्रै डुबानका कारण सयौ परिवारहरु समस्यामा परेका छन । जिल्लाको टिकापुर नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकाका बासिन्दाहरु बढी मारमा परेका छन । लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको वहाव बढेसँगै नदीको पानी रानी कुलामा पसेको छ । रानीकुलामा पनी पस्दा कुला भरिएपछि उक्त पानी बस्तीमा पसेको छ । बस्तीमा पसेको पानीका कारण सयौ परिवारहरु विस्थापित बन्न पुगेका छन । लगातारको वर्षाकै कारण किसानहरुले पाकेको बाली उठाउन पाएका छैनन् । काटेका बालीहरु त वर्षाले सखापै पारिसकेको अवस्था छ ।

citizen security services

सोमबार मात्रै पहिरोले घर पुरिँदा बाजुरामा एक जनाले ज्यान गुमाएको समाचार आएको छ । सो बाहेक यसपटक वर्षाका कारण पहिलेको तुलनामा मानविय क्षती भएको समाचारहरु भने सुन्न पाईएन् । यही असोज १ गते आएको अविरल वर्षामा प्रदेशभरी नै दुई दर्जन भन्दा बढी मानीसहरुले ज्यान गुमाएका थिए । उक्त समयमा आएको वर्षाले सबैभन्दा बढी अछाम जिल्लामा मानविय क्षती गरेको थियो । अछाममा मात्रै पहिरोमा परेर २३ जनाले ज्यान गुमाएका थिए । उक्त समयमा प्रदेश सरकारले वर्षाका कारण पीडित परिवारलाई राहतको पनि व्यवस्था गरेको थियो ।

attariya hospital

प्रदेश सरकारको आन्तरिक मामीला तथा कानुन मन्त्रालयले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राहत र क्रिया खर्च वाफत गरी कुल १ लाख २० हजार दिने निर्णय गरेको थियो । यसैगरी निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण घरमा क्षती भएका परिवारलाई ५० हजार नगद दिने र पीडितहरुलाई राहत स्वरुप खाद्यान्न वितरणका लागी सम्बन्धीत स्थानीय तहलाई एक करोड रुपैया दिने निर्णय समेत प्रदेश सरकारकाले गरेको थियो ।

त्यती मात्रै नभई घरबार बिहिन बनेका परिवारहरुलाई डेंगुको जोखिमबाट बचाउन १० लाख बराबरका झुल र बस्नका लागी १० लाख बराबरकै म्याट किनेर वितरण गर्ने प्रदेश सरकारले त्यतिखेर निर्णय गरेको थियो । यसपटक पनि सोही अवस्था दोहोरीएको छ । पहिलेको तुलनामा मानविय क्षती नभएपनि यसपटक भौतिक क्षती भएका परिवारलाई राहत दिने कार्यमा स्थानिय तह र प्रदेश सरकारले ढिलाई गर्नुहुदैन् । डुबान र बाढीको डरका कारण सुरक्षित स्थानबाट घर पुग्न नपाईकनै फेरी घर छोडेर सोही ठाउँमा आउनुपर्ने बाध्यताका बिच कैलालीका स्थानियहरु छन ।

यस्तो अवस्थामा प्रदेशको अभिभावक भएको नाताले प्रदेश सरकारले तदारुकता देखाउनु सरकारको कर्तव्य हुन जान्छ । सरकारले यहाँका नागरिकहरुको समस्यालाई समाधान गर्ने योजनाहरु निर्माण गर्नुपर्दछ । अकस्मात रुपमा भैपरि आउने बाढी पहिरो र डुबान लगायतका समस्याहरुलाई यथासक्य चाडो समाधान गर्ने बाटोमा प्रदेश सरकार लाग्नुपर्दछ । स्थानीय तहले पनि आ–आफ्नो पालिकाका नागरिकहरुका लागी राहत उपलब्ध गराउने कार्यमा ढिलाई गर्नुहुदैन ।

समस्यामा रहेका बेला प्रदान गरिएको राहतको मुल्य ठूलो हुन्छ, त्यसैले बाढी पहिरो साम्य होला र विवरण संकलन गरेर राहत प्रदान गरौला भन्ने कुरा छोडी तत्कालै समस्यामा रहेका नागरिकको सहयोगका लागी राहत उपलब्ध गराउने कार्य सरकारले गर्नुपर्दछ । यसवर्षको सुरुवात देखि नै वर्षाका कारण धेरै धनजनको क्षती भैसकेको छ । त्यसैले आगामी वर्षहरुमा यस्ता विपत्तिहरु आउन नदिन अहिले देखि नै योजना बनाएर सम्बन्धी पक्षले कार्यान्वयन गर्ने कार्य सुरु गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.