खाेज्नुहाेस

‘स्वतन्त्र’ कि ‘स्वार्थतन्त्र’

Image

आईतबार देशभर प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन चाहने उम्मेदवारहरुको मनोनयन दर्ता गरियो । सोही सिलसिलामा कैलालीको क्षेत्र नं. ४ मा पनि उम्मेदवारहरुले आ–आफ्नो मनोनयन दर्ता गरे । क्षेत्र नं. ४ मा प्रतिनिधि सभामा १० र प्रदेश सभामा १९ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिएका मध्ये प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा ८ जना उम्मेदवार स्वतन्त्र छन ।

मनोनयन दर्ता गरेका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने समय आजसम्म छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालयले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन फिर्ताको समय तोेकेको छ । मनोनयन फिर्ता गर्न चाहने उम्मेदवारले मनोनयन फिर्ता गर्नेछन भने चुनावी माहोलमा होमिने उम्मेदवारहरुले विभिन्न चरणहरु पार गर्दै यही असोज २६ गते चुनाव चिन्ह प्राप्त गर्नेछन । ति स्वतन्त्र रुपमा उम्मेदवारी दिएका व्यक्तिहरुले उम्मेदवारी फिर्ता गर्छन कि गर्दैनन भन्ने चासोको विषय छ ।

attariya hospital

समग्रमा माथी उल्लेखीत कुराहरु चुनावको नीति नियम सँग सम्बन्धीत रहे, तर मुख्य रुपमा उम्मेदवारी दिन चाहने व्यक्तिहरु वा उम्मेदवारी दिएका व्यक्तिहरुले उम्मेदवारी फिर्ता किन लिन्छन भन्ने विषयका बारेमा सोच्न जरुरी छ । निश्चित पार्टीको ट्याग भिरेर चुनावी मैदानमा उम्मेदवारको लिष्टमा नाम अटाउने व्यक्ति जब पार्टीले टिकट अर्काे व्यक्तिलाई दिन्छ तब त्यो स्वतन्त्र बन्छ । प्रत्येक निर्वाचनमा पार्टीको निर्देशनको बहिस्कार गर्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिने व्यक्तिहरुको संख्या बढी हुन्छ । त्यस्ता व्यक्तिलाई नागरिकले जागरुक भएको नबुझी, आफ्नो स्वार्थ सिद्धिको लागी स्वतन्त्रका नाममा पेडालु खान खोजिरहेको छ भन्ने बुझाइ राख्नुपर्दछ ।

navjiwan hospital

कुनै पनि पार्टीको सिद्धान्त, विचार र आदर्श नबोकि आम जनसमुदायबाट निष्पक्ष रुपमा नागरिकहितका लागी उम्मेदवार बन्न चाहने व्यक्ति नै खास मानेमा स्वतन्त्र उम्मेदवार कहलिनुपर्दछ । तर यहाँ पार्टीगत टिकटको हाडबाजीमा हार खाएर रिसको झोकमा उम्मेदवारी दिने व्यक्ति पनि स्वतन्त्र उम्मेदवार बनिरहेको छ । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्दछ ।

कुनै पार्टीमा लागेको भएपनि समाजको हितका निमित्त पार्टीबाट टिकटको आश नगरी र टिकटका लागी मरिहत्ते नगरी स्वतन्त्र रुपमा उम्मेदवार बन्न चाहने व्यक्तिलाई पनि स्वतन्त्रको संज्ञा दिईनु स्वाभाविक हो । पार्टीको विचार र सिद्धान्त परिपालना गरेको भएपनि नागरिकको हितका लागी पार्टीको निति निर्देशन नमानी पार्टीले दिएको टिकटको पनि पर्वाह नगरी स्वतन्त्र रुपमा चुनावका लागी उठ्ने व्यक्तिले समाज निर्माण गर्ने आंकलन गर्न सकिन्छ ।

तर, टिकट वितरणका समय सम्म पार्टीगत रुपमा टिकटका लागी मरिहत्ते गर्ने र टिकट आफुअनुकुल नहुँदा स्वतन्त्र उम्मेदवारी दिदै आफु स्वतन्त्र उम्मेदवार भएको ट्याग भिराउने जो कोहि पनि आफ्नो स्वार्थपुर्तिका लागी उम्मेदवार बनिरहेका हुन । तिनीहरुलाई स्वतन्त्र उम्मेदवार नभई स्वार्थतन्त्र उम्मेदवार भनिनुपर्दछ । उम्मेदवारी दर्ताका समयसम्म स्वतन्त्र रुपमा उम्मेदवारी दिने तर पछि केही कुरा मिल्दा वा केही आश्वासन पाउँदा उम्मेदवारी फिर्ता लिने नेताहरुलाई स्वार्थी नभनी के भन्ने ?

उम्मेदवारी दिनु नै छ भने किन फिर्ता गर्ने र यदी फिर्ता नै गर्नु थियो भयो स्वतन्त्र रुपमा उम्मेदवारी दिएको ढ्वाङ किन गर्ने । यस्तै प्रवृत्तिका स्वार्थी नेताहरुका कारण समाजमा भ्रष्ट्राचारको दियो बलिरहेको छ । निर्वाचनका समयमा यस्तो प्रवृत्तिको अन्त्य नभए सम्म समाजको विकासमा समस्याहरु आई नै रहनेछन । त्यसैले ‘स्वतन्त्र’ र ‘स्वार्थतन्त्र’ उम्मेदवारहरु छुट्याई विकाशसिल र समाजप्रेमी उम्मेदवारीलाई भोट दिऔ ।