खाेज्नुहाेस

रिलायन्स जियोले १५ हजार भारुमै सिम कार्ड सहितको ल्यापटप ल्याउँदै

Image

एजेन्सी – भारतमा मुकेश अम्बानीको कम्पनी रिलायन्स जियोले १८४ अमेरिकी डलर अर्थात १५ हजार भारतीय रुपैयाँमा ल्यापटप ल्याउने भएको छ । एम्बेडेड फोरजी सिम कार्ड सहितको बजेट ल्याप्टप लन्च गर्ने योजना बनाइरहेको हो । यस अघि पनि रिलायन्सले कम लागतको जियो फोन सार्वजनिक गरेको थियो। सस्तो जियो फोन उच्च मूल्य–संवेदनशील बजार मानिने भारतीय बजारमा निकै सफल पनि भएको थियो ।

सोहि सफलता दोहोर्याउने लक्ष्यका साथ रिलायन्सले बजेट ल्याप टप ल्याउन लागेको जानकारहरूको बुझाइ छ । उक्त ल्यापटपको नाम ’जियो बुक’ रहने बताइएको छ ।

attariya hospital

जियो बुकको उत्पादनको लागि मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स ग्रुपले ग्लोबल जाइन्ट क्वालकम तथा माइक्रोसफ्टसँग साझेदारी गरेको छ ।

क्वालकमले आर्म लिमिटेडको टेक्नोलोजीमा आधारित यसको कम्प्युटिङ चिपहरू पावर गर्नेछ भने माइक्रोसफ्टले केही एपहरूको लागि सहयोग गर्ने छ ।

navjiwan hospital

हाल ४२० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेको जियोले यस ल्यापटप यही महिनादेखि विद्यालय र सरकारी संस्थानहरू जस्ता इन्टरप्राइज ग्राहकहरूका लागि उपलब्ध गराउने छ । बजारका लागि भने रिलायन्सले सो ल्यापटप आगामी तीन महिना भित्र सार्वजनिक हुने गराउने अपेक्षा गरिएको छ ।

आगामी दिनमा भने यस ल्यापटपको जियोफोनको जस्तै फाइभ जी इनेबल संस्करण पनि आउने प्रक्षेपण गरिएको छ । यस विषयमा प्रत्यक्ष जानकारी भएका स्रोतहरूका अनुसार ‘यो जियोफोन जत्तिकै ठूलो प्रोजेक्ट हुनेछ ।’

काउन्टरपोइन्टका अनुसार, गत वर्षको अन्त्यमा जियोफोन लन्च भएदेखि नै, उक्त ह्यान्डसेट भारतको सबैभन्दा धेरै बिक्री हुने सब १०० अमेरिकी डलर भन्दा कम मूल्यको स्मार्टफोन भएको छ ।

जियोबुकलाई मार्च सम्म ‘सयौं हजार’ यूनिटहरू बेच्ने लक्ष्य राख्दै उत्पादक कम्पनी फ्लेक्सद्वारा स्थानीय रूपमा उत्पादन गरिनेछ । रिलायन्सले फ्लेक्स बजेट ल्यापटपको उत्पादनको लागि सम्झौता गरेको छ ।

विश्लेषक तरुण पाठकका अनुसार जियो बुकको लन्चले ल्यापटपको बजारलाई कम्तिमा पनि १५ प्रतिशतले विस्तार गर्नेछ ।

उक्त ल्यापटपमा जियोको आफ्नै जियोओएस अपरेटिङ सिस्टम हुनेछ र एप्सहरू पनि जियोस्टोरबाट डाउनलोड गर्न सकिन्छ । जियोले अफिस बाहिरका कर्पोरेट कर्मचारीहरूको लागि ट्याब्लेटको विकल्पको रूपमा यही ल्यापटप पनि पिच गरिरहेको छ । (रोयटर्सबाट साभार)