बजारमा हुने कालोबजारीको अन्त्य गरौं

अहिले नेपालीहरुको महान पर्व दशैंको रौनक छाएको छ । चाडपर्वको समयमा भिड हुने कैलालीको अत्तरियामा बजारमा पनि विस्तारै त्यो चहलपहल सुरु हुन थालेको छ । चाडपर्वका बेला खाद्यान्न सामग्रीहरु किनमेल गर्ने मानिसहरुको संख्या बढी हुन्छ । त्यस्तै भिडभाडको मौका छोपेर व्यापारीहरुले कालोबजारी गर्ने गर्दछन ।

maya metro hospital

बजारमा वस्तुको माग बढी हुने र पुर्ति कम हुन थालेपछि व्यापारीहरुले बजारमुल्य भन्दा अधिक मुल्यमा बस्तुहरु खरिद गर्न ग्राहकहरुलाई बाध्य पार्ने गर्दछन् । त्यतिमात्रै नभई भिडभाडकै मौका छोपी केही केही व्यापारीहरुले म्याद सकिएका अखाद्य वस्तुहरु समेत विक्रिवितरण गर्ने गरेको भेटिएको छ । त्यस्ता अखाद्य वस्तुहरुका कारण कतिपय मानिसहरु चाडपर्वकै बेला बढी बिरामी हुने गरेका घटनाहरु पनि छन ।

joshi vada pasal 2

चाडपर्वका बेला हतार हुने र भिडभाड पनि बढी हुने भएकाले प्रायजसो ग्राहकले सामानको गुणस्तर र समयावधी हेर्दैन । त्यसैले कतिपय व्यापारीहरुले त्यसको फाईदा उठाउने गर्दछन । चाडपर्वका समयमा यस्तै गतिविधि बढी हुने गरेको गुनासो आएपछि गोदावरी नगरपालिकाले बजार अनुगमनलाई अगाडी बढाएको छ ।

हुन त नगरपालिकाले यसअघि पनि विभिन्न समयमा अनुगमन थालेको थियो तर यो समयमा मानिसको चाप बढी हुने हुँदा अनुगमनलाई सुचारु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले थालेको अनुगमनका क्रममा बुधबार मात्रै कतिपय अखाद्य वस्तुहरु फेला परे । त्यस्ता वस्तुहरुको प्रयोगले मानिसलाई रोगी समेत बनाउने भएकाले त्यस्ता वस्तुहरुको विक्रिवितरण रोकिनुपर्ने हुन्छ ।

त्यसैले नगरपालिकाले अनुगमनलाई निरन्तरता दिनुपर्दछ । चाडपर्व लक्षित मात्रै नभई अनुगमन बजारमुखि र ग्राहकहरुको आवश्यकता अनुसार गरिनुपर्दछ ।

बजारमा हुने कालोबजारीको अन्त्य गर्न पनि अनुगमन अनिवार्य छ । त्यसैले विशेष गरी भिडभाड बढी हुने भएकाले चाडपर्वका समयमा अनिवार्य र अन्य समयमा पनि अनुगमन गरिनुपर्दछ । अनुगमनले नै बजारको कालोबजारीको अन्त्य गर्ने कुरामा दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.