खाेज्नुहाेस

गछ्य अनुसारको दशैं मनाऔं

Image

हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैं सुरु भईसकेको छ । घटस्थापनाको दिन जमरा राखेर सुरु हुने वडादशैलाई हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन । हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) दशै मनाउने गर्छन् ।

दशैमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

attariya hospital
navjiwan hospital

विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ । यसलाई असत्य माथी सत्यको विजयको रुपमा लिईन्छ ।

दशैमा आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

तर पछिल्लो समय दशै केही केहीका लागी दशा पनि सावित भैरहेको छ । नेपालीहरुको महान पर्व दशैमा आफ्नो क्षमता भन्दा बढी देखावटी गर्ने कोशिस गर्दा कतिपय मानिसहरुले त्यसको प्रतिफल कालान्तर सम्म भोग्नुपर्ने अवस्था पनि आईरहेको देखिन्छ ।

दशै महान पर्व हो, देखावटी नगरी आफुले सकेजतीकै रुपमा दशैलाई मनाउने गरौ । मिठो मसिनो खाने, नयाँ लुगा लगाउने आदी कुराले मात्रै दशै मनाउने भन्ने हुदैन । मनमा सन्तोष र अनुहारमा खुसी झल्कने किसिमले पनि दशै मनाउन सकिन्छ । त्यसैले दशैमा जथाभावी खर्च गर्ने काम नगरी आफ्नो गछ्य अनुसारको दशै मनाऔ ।