डा. केसीका मागहरु सम्बोधन गर

डा. गोबिन्द के.सी अहिले आफ्नो २० औं अनसनमा छन । कैलालीको धनगढीमा अनसनरत केसीले मेडिकल क्षेत्रको सुधारका निमित्त पटक–पटक अनसर बस्दै आएका छन र अहिलेको उनको अनसन पनि त्यसकै लागी हो । चिकित्सा शिक्षामा देखिएका बेथिति अन्त्यको माग गर्दै डा. केसी पहिलोपटक २०६९ साल असार २१ गतेदेखि २४ गतेसम्म चार दिन अनशन बसेका थिए । त्यसयता उनी १९ पटक सम्म अनसन बसिसकेका छन । उनका अनसनहरु सरकारसँगको सहमतीमा टुङ्गिने गरेको भएपनि सहमती कार्यान्वयन नहुँदा उनले पटकपटक अनसन बस्नुपरिरहेको छ ।

विभिन्न माग राखेर ०६६ सालदेखि स्वास्थ्य सरोकारका विषयमा आवाज उठाउन थालेका डा. केसीले ०६९ सालदेखि भने अनसन नै बसेर सरकारलाई माग पूरा गर्न दबाब दिन थालेका थिए । उनको दबाबकै कारण स्वास्थ्य क्षेत्रमा धेरै सुधार भइसकेको छ । साथै, यस क्षेत्रको विकृति र विसंगतिबारे आम मानिसले पनि थाहा पाउने अवस्था बनेको छ ।

joshi vada pasal 2
bishal shuit house

२० औ अनसन सम्म आईपुग्दा डा. केसीका विभिन्न मागहरु पुरा भैसकेका छन । तर केही सहमती भएका मागहरु पनि पुरा नहुँदा डा. केसी फेरी पनि अनसन बसीरहनुपरेको छ । स्वास्थ्य क्षेत्रमै सरकारी जागिरे डा. केसी अहिले अवकाश भैसकेका छन । उनी बुढिएपनि उनको स्वास्थ्य क्षेत्रको सुधार गर्ने मानसिक प्रवृत्ति भने बुढो भएको छैन ।

हाल उनले जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित हुनुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने, सरकारी स्वास्थ्य संस्थाहरुका वरिपरि मापदण्ड नपु¥याई जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरु बन्द गरेर दोषीहरुलाई दण्डित गरिनुपर्ने लगायतका विभिन्न मागहरु राखेका छन । आम नागरिकका लागी डा. केसीका मागहरु एकदमै जायज हुन र ति मागहरु पुरा भए सामान्य नागरिकले पनि सहज रुपमा स्वास्थ्य सेवा पाउन सक्ने कुरामा दुई मत छैन ।

maya metro hospital

नागरिकको हितका लागी अनसनरत डा. केसीलाई नागरिकस्तरबाट सहयोगको खाँचो छ । ६५ वर्षिय केसी यही भदौ २७ गतेबाट धनगढीमा अनसनमा बसेका छन । आम सर्वसाधारण नागरिकलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न पाउने वातावरण सृजना गर्न लगातार संघर्षरत डा. केसीका मागहरु यथाशिघ्र सम्बोधन गर्न सरकारले तदारुकता देखाउनुपर्दछ ।

आम नागरिकको हितमा हुने कार्यका लागी सरकारले ढिलाई गर्नुहुदैन । यस्तो अवस्थामा फेरी आम नागरिकले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु गर्न नपरोस् । सरकारले बेलैमा चेत पु¥याएर डा. केसीका जायज मागहरु सम्बोधन गर्ने तिर ध्यान दिनुपर्दछ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.