सामसङ ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक

सामसङ ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक भएको छ । यो फोन सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित रहेको बताइएको छ । यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन रहेको कम्पनीको दाबी छ ।

maya metro hospital

क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि उपयुक्त रहेको कम्पनीले बताएको छ । क्वाड क्यामेराको माथिल्लो भागमा ५० एमपी मेन क्यामेरा छ । जसमा ५एमपी अल्ट्रावाइड र २ एमपी डेप्थ र म्याक्रो सेन्सरहरू साथै अगाडि ८ एमपी सेन्सरहरू छन् ।

जसले तस्बिर र भिडियोहरू खिच्न धेरै सजिलो हुने बताइएको छ । यो फोन विशेषगरी कन्टेन्ट बनाउनेहरूका लागि र नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त हुने कम्पनीले बताएको छ ।

attariya hospital

यसको १५ डब्ल्यू फस्ट चार्जिङ र ५ हजार मिलि एम्पियर ब्याट्री रहेकाले यस फोनमा ब्याट्रीहरू लामो समयसम्म टिक्न सक्छन् । यसको सिस्टमले प्रदान गर्ने स्टोरेज वृद्धिले यो फोन ग्राहकको लागि उपयुक्त हुने कम्पनीको दाबी छ । यो फोनको बजार मूल्य २१ हजार ४९९ रुपैयाँ रहेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.