ठेकेदार भागेपछि ११ वर्षदेखि पुल अलपत्र

धनगढी – भजनी नगरपालिका –३ को थेकीपुरमा पुलको ठेक्का पाएको ठेकेदार भागेपछि ११ बर्षसम्म पनि पुल बन्न सकेको छैन । २०६८ सालमा पुल निर्माणको लागि चार करोड ४३ लाख रुपियाँमा साल्पा/शेर्पा–लामा–बिरुवाले संयुक्त रुपमा पुलको ठेक्का पाएका भएपनि उनीहरुले अहिले काम गरेका छैनन ।

bishal shuit house

३० महिनामा बनाइसक्नु पर्ने पुल निर्माणमा ठेकेदारले लापरवाही गर्दा स्थानीयले भने सास्ती खेप्नु परेको छ । भजनी नगरपालिका–३ का अध्यक्ष विक्रम चौधरीले कान्द्रा नदीमा पुल नहुँदा स्थानीयले धेरै दुःख पाएको बताए । उनले भने ‘पुल नबनेपछि जनता निकै दुःखकष्ट गरेर डुङ्गामार्फत नदी तर्न बाध्य छन् ।’

joshi vada pasal 2

पुलको काम पूरा नभएपछि करिब दुई/तीन किलोमिटर दूरीको फरकमा ठेकेदारले दुईवटा घाट ठेक्का लिएर डुङ्गामार्फत मान्छे तार्दै आएका छन् । एक वर्षका लागि १ लाख ५१ हजार पाँच सय रुपियाँमा ठेक्का लिएर करमदेव घाटमा डुङ्गा सञ्चालन गर्दै आएको लोकबहादुर कुमालले जानकारी दिए । उनले आफूसहित पाँच जना मिलेर घाट ठेक्का लिएको बताए ।

समयावधि रहेको सो पुलको म्याद पटक–पटक थप गर्दा पनि नबनाएपछि हुलाकी राजमार्ग आयोजनाले ठेकेदारसँग ठेक्का तोड्ने तयारी थालेको छ । हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर पदम मडैका अनुसार अब पुरानो ठेक्का तोडेर नयाँ ठेक्का गरी पुलको बाँकी काम सम्पन्न गरिनेछ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.