इजरायलले १ हजार नेपाली कामदार लैजाने

काठमाडौं – इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो ।

bishal shuit house

राजदूत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आएका थिए । उनीहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ ।

joshi vada pasal 2

छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको जानकारी गराए ।

त्यस्तै उनले यसअघि सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.