अछाममा ४ हजार बढी मतदाता थपिए

अछाम – आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा ४ हजार ८० मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार असारबाट सुरु भएको मतदाता नामावली संकलन कार्यअन्तर्गत अछाममा २ हजार २ सय ७० जना पुरुष तथा १ हजार ८ सय १० महिला गरी कूल ४ हजार ८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

bishal shuit house

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गजेन्द्र प्रकाश थारुका अनुसार स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको भीड लागेको थियो ।

joshi vada pasal 2

मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै पालिका र सदमुकामसम्म पुगेका थिए। साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली संकलन कार्य बन्द भएको थियो ।

उनका अनुसार हाल ८२ हजार २ सय ५१ महिला, ७८ हजार १ सय ७ पुरुष र २ अन्य गरी कुल मतदाता १ लाख ६० हजार ३ सय ६० पुगेका छन् । जिल्लामा मतदानस्थल १ सय ३० तथा मतदान केन्द्र २०७ रहेको निर्वाचन कार्यालय अछामले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.