अत्तरिया – कैलालीको गेटामा टेलरले मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घाइते भएका छन । धनगढीबाट अत्तरिया तर्फ आउँदै गरको से २ प ११३६ नम्बरको मोटरसाइकललाई टेलर गाडीले ठक्कर दिदाँ २ जना घाइते भएका हुन ।

घाइते हुनेमा मोटरसाइकल चालक डोटीको बडीकेदार गाउँपालिका – १ का ४४ बर्षिय टेक बहादुर बोहरा र पछाडी सवारी डोटीकै जोरायल गाउँपालिका – ५ का ४५ बर्षिय चक्र बहादुर भाट रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

बोहराको टाउको, हात र खुट्ट र भाटको मुख, दात र खुट्टमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भइरहेको छ ।
६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका – १ मा भएको दुर्घटनामा ठक्कर दिने टेलर गाडी भने फरार भएको छ । प्रहरीले टेलरको नम्बर नखुलेको र खोजी कार्य जारी रहेको जनाएको छ ।