काठमाडौं – वेस्ट इन्डिजले दोस्रो एकदिवसीय खेलमा भारतलाई ४०६ रनको लक्ष्य दिएको छ । गुवाहाटीमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ४०५ रन बनाएको हो ।
यो वेस्ट इन्डिजको एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक स्कोर हो । यसअघि उसको सर्वाधिक स्कोर ३८९ रन थियो, जुन उसले सन् २०१९ मा इंग्ल्यान्डविरुद्ध बनाएको थियो ।


वेस्टइन्डिजका लागि जोन क्याम्पबेलले १०१, शाई होपले १०४ तथा अमिर जाङ्गुले ११४ रन बनाए । तीनै खेलाडीले शतक पूरा गरे ।
भारतका लागि कुलदीप यादव, रविन्द्र जडेजा र गुरनूर बरारले २–२ विकेट लिए भने प्रसिद्ध कृष्णाले १ विकेट हात पारे ।
यसै खेलमा कुलदीप यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट पूरा गरेका छन् । उनी एकदिवसीयमा २०० विकेट पूरा गर्ने नवौँ भारतीय खेलाडी बने ।

















