धनगढी – एसपिए लिटल फ्लावर प्राइड लिगको दशौँ संस्करणअन्तर्गत सिनियर टी–२० क्रिकेट प्रतियोगिता भोलिदेखि धनगढीमा सुरु हुने भएको छ । बुधबार धनगढीको फाप्ला मैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको सम्पूर्ण तयारी भैसकेको लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । सोहि पत्रकार सम्मेलनमा निर्माणाधिन फाप्ला अन्तराष्ट्रिय खेलग्राम तथा पूर्वाधार विकास समितिका अध्यक्ष सुवास विक्रम शाहीले ट्रफी्र अनावरण गर्दै प्रतियोगीताको सफल आयोजनाका लागि शुभकामना दिए ।
प्रतियोगितामा १५ टोलीले सहभागिता जनाउनेछन । समूह ए बी र सी मा चार चार तथा समूह डी मा ३ टोली समावेश छन ।


प्रतियोगिताको उद्घाटन असोज १५ गते बिहान फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले गर्ने तय भएको छ। यस प्रतियोगिताको विजेता टोलीले नगद २ लाख,आकर्षक ट्रफी,मेडल प्रमाणपत्र र उपविजेता टोलीले नगद रु १ लाख आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
त्यस्तै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगदसहित ट्रफी प्राप्त गर्नेछन भने प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद रु १००० प्राप्त गर्नेछन । दशौं संस्करणको एलपिएलमा प्रतिभावान युवा खेलाडीदेखि लिएर नेपाल प्रिमिएर लिग खेलिसकेका खेलाडी समेत सहभागी भैरहेको आयोजकले जनाएको छ । धनगढीको फाप्ला मैदानमा सञ्चालन हुने प्रतियोगीता असोज २१ गते समापन हुनेछ ।
२०७३ सालबाट सुरु गरिएको यस प्रतियोगीताको यसपटक दशौं संस्करण आयोजना हुन गैरहेकोले यसलाई यादगार बनाउन सम्पूर्ण खेलप्रेमीहरुले खेल अवलोकन गरेर सहयोग गरिदिन हुन प्रतियोगीताका संयोजक तथा लिटल फ्लावर स्पाटर्स एण्ड इभेण्टस धनगढीका अध्यक्ष रामचन्द्र शाहीले आग्रह गरे । प्रतियोगीताको टाइटल स्पोन्सर्सको रुपमा एसपिए कलेज रहेको छ भने ब्याम ब्याम,जुस जेली लगायत संस्थाहरु पनि स्पोन्र्ससको रुपमा जोडिएका छन ।

















