अत्तरिया – नेपाली कांग्रेसको कैलाली क्षेत्र नम्बर–४ को अधिवेशन अन्तर्गत मंगलबार सम्पन्न मतदानको मतगणना जारी रहेको छ । क्षेत्रीय सभापति र २० जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको बुधवार साढे ३ बजेबाट मतगणना भइरहेको छ । मंगलबार राती नै मतगणना गर्ने भनिएपनि प्राविधिक कारण देखाउँदै ढीला गरी मतगणाना सुरू गरीएकाे थियाे ।

जसअन्तर्गत सुरुवाती ५० मत गणना गर्दा कैलाली क्षेत्र नम्बर–४ को सभापतिका उम्मेदवार सुरत बहादुर कार्कीले अग्रता लिएका छन् । उनले २८ मत पाएका छन् । अर्का उम्मेदवार विजय बहादुर कुँवरले ११ मत ल्याएका छन् ।

७२५ जना प्रतिनिधि मतदाता रहेको अधिवेशनमा ६९० मत खसेको थियो ।
क्षेत्रीय सभापतिका लागि सुरत कार्की र विजय कुँवर गरी दुई जना उम्मेदवारले प्यानलसहित उम्मेदवारी दिएका छन् । मतगणना प्रतिभा सामुदायिक पुस्तकालयमा भइरहेको छ ।

















