खाेज्नुहाेस

बैतडीमा बाल विवाह मुद्दामा सजाय तोकिएका दुई जना पक्राउ

Image

बैतडी – बैतडीमा बाल विवाह मुद्दामा जनही ६ महिना कैद र ५ हजार २ सय रुपैयाँ जरिवाना तोकिएका दुई जना पक्राउ परेका छन्।

navjiwan hospital

जिल्ला अदालत बैतडीको फैसलाले बाल विवाह मुद्दामा जनही ६ महिना कैद सजाय र ५ हजार २ सय रुपैयाँ जरिवाना तोकिएका मेलौली नगरपालिका–१ मेलौलीका २५ वर्षीय राकेश दयाल र २० वर्षीया लक्ष्मी दयाल पक्राउ परेका हुन्।

attariya hospital

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।