कैलाली कञ्चनपुरका रानाथारूको लोककथा प्रकाशित

 

इन्द्र चौधरीको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ नामक् पुस्तक प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मात्र बसोबास गर्ने रानाथारू समुदायमा रहेको प्रचलित लोककथा र मिथकबारे संकलन गरिएको छ ।

maya metro hospital

रंगकर्मीको छवि बनाएर पत्रकारिता गरिरहेका संकलक चौधरी आफू डंगौरा थारू परिवारमा जन्मिए पनि आफ्नो क्षेत्रमा रानाथारू बाहुल्य रहेकाले आफू उनीहरुकै प्रभावमा हुर्के बढेको बताउँछन् । यसले नै आफूलाई रानाथारू लोककथा संकलनमा डोर्याएको उनको भनाइ छ ।

पुस्तकमा ‘करमुओ और सपनो,’ ‘सदासुर्का और सदाबिर्छ,’ ‘सोरठ’ लगायत १२ कथा संग्रहित छन् । त्यस्तै पुस्तकमा रानाथारू समुदायमा प्रचलित विभिन्न थर–उपथर, चालचलनबारे मिथक तथा किम्बदन्ती पनि  समेटिएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.