बैंकले स्थानिय व्यापारीलाई आवश्यक सेवा दिन सक्नुपर्छ : नगरप्रमुख भट्ट

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले बैंकहरुले स्थानिय व्यापारीहरुलाई आवश्यक सेवा दिन सक्नुपर्ने बताएका छन । सोमबार ज्योती विकाश बैंकको ११३ औ शाखाको सम्द्घाटन गर्दै नगरप्रमुख भट्टले उक्त कुरा बताएका हुन ।

maya metro hospital

उनले व्यापारीहरुलाई बैंकले आवश्यकता अनुसारका सेवाहरु दिनुपर्ने बताए । यसैगरी नगरप्रमुख भट्टले वर्तमान समयमा बैंकहरुको ठुलो महत्व रहेको बताए । उनले बैंकहरुले सबै क्षेत्रमा काम गरीरहेको र सो ले आम जनसमुदायको जिविकोपार्जनमा सहजता भईरहेको बताए । उनले मानिसलाई आवश्यक परेको बेलामा आर्थिक रुपमा पनि बैंकले योगदान पु¥याउदै आएको बताए ।

attariya hospital

‘बैंकले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ, हाम्रो आम्दानीको सुरक्षा बैंकले गर्छ, शिक्षा, स्वास्थ्य तथा अन्य विभिन्न क्रियाकलापका लागी अहिले बैंक आवश्यक छ’ उनले भने ‘त्यसैले अहिले मानव जिवनमा बैंकहरुको महत्वपुर्ण भुमिका रहेको छ ।’

कार्यक्रममा बोल्दै ज्योती विकाश बैंकका संस्थापक शेयरधनी प्रेम बहादुर भण्डारीले ज्योती विकाश बैंकले दुरदराजमा रहेका वर्गहरुलाई आवश्यक सेवा दिने विश्वास व्यक्त गरे । बैंकले सामाजिक उत्तरदायीत्वको क्षेत्रमा पनि कार्य गर्दै आएको उनले बताए ।

बैंकलाई समाजको सहयोग अनिवार्य भएको बताउदै उनले समाजको सहयोग पाउन बैंकले पनि समाजलाई केही दिन सक्नुपर्ने बताए । ज्योती विकाश बैंकले ग्राहकवर्गलाई आवश्यकता अनुसारका सेवाहरु छिटो र छरितो रुपमा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

ज्योती विकाश अत्तरियामा आफ्नो ११३ औ शाखा सञ्चालनमा ल्याएको हो । पछिल्लो समय देशमै आर्थिक मन्दी आएको बेला पनि बैंकले आफ्नो शाखा विस्तार गर्न सफल भएको संस्थाका अत्तरिया शाखा प्रमुख सुनिल चन्दले बताए ।

प्रविधियुक्त समयमा सेवाग्राहीहरुलाई आवश्यकता अनुसारका सेवाहरु उपलब्ध गराउने उद्देश्यले बैंकले शाखा सञ्चालनमा ल्याएको उनले बताए । उनले कर्मसियल बैंकहरुले जस्तो व्यापारीक तरिकाले नभई बैंकलाई सेवामुलक तरिकाले सञ्चालन गर्ने लक्ष्य रहेको बताए ।

बैंकले सुदूरपश्चिममा हाल ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई उत्कृष्ट सेवा दिने लक्ष्यका साथ २०६५ सालमा स्थापित बैंकले कैलालीको धनगढी, अत्तरिया, हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालनमा ल्याएको बैंकका धनगढी शाखा प्रमुख गोबिन्द बोहराले बताए ।

बैंकको चुक्ता पुजीँ करिब ४ अर्वको हाराहारीमा रहेको बताउदै उनले बैंकले आगामी दिनहरुमा पनि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि शाखा विस्तार गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.