कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पिताम्बर जोशी निर्वाचित

कञ्चनपुर – कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पिताम्बर जोशी निर्वाचित भएका छन । शनिबार भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धि गणेश दत्त जोशीलाई पराजित गर्दै जोशी अध्यक्षमा निर्वाचित भएका हुन ।

maya metro hospital

पिताम्बरले आफ्ना निकटतम प्रतिद्वन्दी गणेश दत्त जोशीलाई ५सय ५८ मतको अन्तरले पराजित गरेका थिए । पिताम्बर जोशीले १ हजार २ सय ९९ मत पाएका थिए भने अर्का प्रतिसपस्र्धी गणेश दत्त जोशीले ७ सय ८३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत पूर्ण बहादुर चन्दले बताए ।

वाणिज्य संघको नयाँ अध्यक्षमा निर्वाचित भएका जोशी यस अघि बरिष्ठ उपाध्यक्ष थिए, भने पराजित भएका गणेश दत्त जोशी अध्यक्ष भईसकेका हुन ।

attariya hospital

कार्यसमितिको तीन पदका लागी मात्रै निर्वाचन भएको थियो । जसमा पिताम्बर जोशीको प्यानल नै विजयी हुन सफल भएको छ । पिताम्बर जोशी प्यानलबाट बाणिज्य उपाध्यक्षमा धर्मसिह रावल र महासचिवमा खगेश्वर बोहरा निर्वाचित भएका छन । रावलले आफ्ना निकटतम प्रतिद्वन्दी बाशुदेव जोशीलाई २ सय ७० मतान्तरले पराजित गरेका हुन ।

रावलले ७ सय ५८ मत पाएका थिए भने जोशीले ४ सय ८८ मत पाए । यसैगरी महासचिवमा निर्मला भट्ट (सापकोटा) लाई पराजित गर्दै पिताम्बर प्यानलका खगेश्वर प्रशाद बोहरा निर्वाचित भएका छन । बोहराले १ हजार २ सय १ पाएका थिए भने भट्टले ८ सय मत पाईन ।

यस अघि चार पदाधिकारी, संस्थापक सदस्य र खुला सदस्य निर्विरोध निर्वाचित भएका थिए । पदाधिकारीमा पनि पिताम्बर प्यानलकै विजयी भएका थिए । पिताम्बर प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग, सचिव राहुल भट्ट र कोषाध्यक्ष चेतराज जोशी निर्विरोध निर्वाचित भएका थिए ।

संस्थापक सदस्य तर्फ नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडा निर्विरोध निर्वाचित भएका थिए । सात सदस्य पदका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

वाणिज्य संघको विद्यान अनुरुप साधारण सभामा अनुपस्थित भएकाको स्वत उम्मेदवारी रद्द भएपछि प्रदिप पाल, विशाल सोनार, भोजराज अवस्थी, प्रेम प्रकास पाठक, मिनराज भट्ट, नरेन्द्र प्रशाद जोशी र गोपाल बुढापाल सदस्यमा निर्विरोध चयन भएका मुख्य निर्वाचन अधिकृत पूर्ण बहादुर चन्दले बताए ।

कुल ३ हजार २ सय ३६ मतदाता मध्ये निर्वाचनमा २ हजार १ सय ८४ मत खसेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.