प्रहरी तालिमकै क्रममा अछामका एक प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु 

 

धनगढी – एघार महिनाअघि प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका २१ वर्षीय भरत बोहराले तालिमको क्रममा ज्यान गएको छ । उनको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

maya metro hospital

बोहरा सुदूरपश्चिमको साविकको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित तालिममा थिए । २२ असारको दिन नियमित तालिम अन्तरगत नै १० किलोमिटरको लामो दौड चलिरहेका बेला लडेर बेहोस भएका उनको उपचारका क्रममा मृत्यु भएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.