खाेज्नुहाेस

पहिरोमा परेर अछामकी एक महिलाको मृत्यु

Image

अछाम – सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरोमा परेकी अछामकी एक महिलाको मृत्यु भएको छ। बाटोमा हिँडिरहेको बेला ती महिला पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी अमनादेवी जैसीको सुख्खा पहिरोमा परी मृत्यु भएको हो।

attariya hospital

जैसीको आधा शरीर पुरिएको अवस्थामा प्रहरीलाई खबर भए पनि प्रहरी उद्दारको लागि त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो।यस्तै, सोही ठाउँकी रती कामी उक्त पहिरोमा परी घाइते भएकी छन्।

उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् घटनास्थलबाट उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा ल्याइएको छ।डिएसपी कार्कीका अनुसार घाइतेको अवस्था गम्भीर छ। उनीहरू अछामबाट कैलाली जान हिँडेका थिए।