कृष्णपुर नगरपालिकाले भन्यो ‘आर्थिक सहायताको बजेट सकियो’
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सूचना नै जारी गरेर आर्थिक सहायता शिर्षकको बजेट सकिएको जनाएको छ ।


नगरपालिकाले आर्थीक बर्ष २०७८÷७९ को उक्त शिर्षकको बजेट सकिएकाले वडा बाट आर्थीक सहयोगको लागि सिफारिस नपठाउन अनुरोध गरेको हो ।

नगरप्रमुख हेम राज ओझाद्धारा हस्ताक्षरित सूचनामा नगरका नौ वटै वडाहरुलाई सिफारिस नपठाउन भनिएको छ ।
