खाेज्नुहाेस

सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो

Image

काठमाडौं – सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

navjiwan hospital

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको खरिद मूल्य १२ सय ६५ रुपैयाँ कायम भएको छ ।

attariya hospital

बुधबर छापावाल सुन तोलामा ९६ हजार ५ सय, तेजावी ९६ हजार र चादीको मूल्य १२ सय ४५ रुपैयाँ थियो । चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा २० रुपयाँले बढेको हो ।