पुनर्वासको विजय माविमा मतदान स्थगित
धनगढी – कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण मतदान रोकिएको छ । फर्जी मतदाताबाट मतदान गरिएको भन्दै दिउँसोदेखि विवाद बढेपछि मतदान पूर्णरुपमा रोकिएको हो ।

पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीका अनुसार विवादपछि लामो समयसम्म सर्वदलीय बैठकमार्फत छलफल हुँदासमेत सहमति नभएपछि मतदान सारिएको छ ।

कहिले हुने भन्ने विषयमा चाहिँ यकिन नभएको उनले बताए । निर्वाचन कार्यालयको निर्देशनअनुसार निर्वाचन प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
