धनगढी – कैलालीको भजनी नगरपालिका–५ कौवा खेडाबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार साँझ गरिएको कारबाहीमा १२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–९ बस्ने २७ वर्षीय प्रमोद गिरी र २२ वर्षीय रामबहादुर विक रहेका छन् ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले से १ प ८३०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
















