खाेज्नुहाेस

कैलाली–कञ्चनपुरबाट ५ लाखभन्दा बढीका भन्सार छलिका सामान बरामद

Image

अत्तरिया – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका पाँच लाखभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ डोके बजार, भजनी नगरपालिका–३ काँडा तथा वडा नम्बर ५ हलौना घाट क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख ६ हजार ५ सय २० रुपैयाँ बराबरका चिनी, गुड, पेय पदार्थ, खाने तेल, पान मसला, बिडी, मैदा, जिरा, साबुन लगायतका सामान बरामद गरिएको हो ।

attariya hospital
navjiwan hospital

सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ र ६ क्षेत्रबाट अन्दाजी ४ लाख ४९ हजार ९ सय रुपैयाँ बराबरका जुत्ता, पेचकिला, मन्दिर गुम्बा तथा एक थान मोटरसाइकल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ ।