खाेज्नुहाेस

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु

Image
navjiwan hospital

धनगढी – कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।
आइतबार साँझ सवा ५ बजेतिर बागरादेखि सोल्टातर्फ आउँदै गरेको भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरिएको ट्याक्टर दुर्घटना हुँदा स्थानीय उदीराम सिजापति मगरकी ९ वर्षीया छोरी जयसरा सिजापतिको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा नवराज विककी ७ वर्षीया छोरी माइरा विक घाइते भएकी छन्। ट्याक्टर सडकबाट खस्दा नजिकैको धाराबाट पानी लिएर घर फर्किंदै गरेका बालिकाहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेका छन्।

attariya hospital