अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिका – ४ बोराडाँडीस्थित एक अटो मर्मत सेन्टरमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय तारा देवी गरतौलाले सञ्चालन गर्दै आएको ‘सिघादेवी अटो मर्मत सेन्टर तथा सप्लायर्स’ मा गएराति विद्युतको तार सर्ट भई आगलागी भएको हो ।

आगलागीका कारण दुई वटा सटरभित्र रहेका चार पाङ्ग्रे सवारी साधनहरूको इन्जिन, वायरिङ्ग लगायतका सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी, प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

















