यस्तो भन्छन गोदावरीको हलुडेका मतदाता (भिडियो)

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ हलुडेका स्थानीयले आफूहरु भोट हाल्न आतुर रहेको बताएका छन । भोट कसरी हाल्ने भन्ने बारेमा खासै जानकारी नभएका उनीहरुले भोट हाल्न सिकाएको आधारमा मतदान गर्ने बताएका छन ।

maya metro hospital

स्थानीय चौठे दमाईले व्यक्तिलाई हेरेर भोट हाल्ने भएपनि कुन व्यक्तीका के चिन्ह छन भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए । उनले कुन उम्मेदवारले के काम गर्ने घोषणा गरेका छन भन्ने बारेमा पनि जानकारी नभएको बताए ।

attariya hospital

‘भोट हाल्छु । मतपत्र कस्तो छ । कति जनालाई हाल्ने भन्ने त थाहा छैन । भोट हाल्न सिकाउने आएपनि आफूले खासै बुझेको छैन’ स्थानीय तुलाराम बिकले भने ‘जनताका लागि काम गर्नेलाई भोट दिने छौ । पार्टी हेरेर भोट दिदैनौ ।’

पहिलो पटक भोट दिइरहेका शेर बहादुर विकले पार्टी हेरेर भन्दा पनि व्यक्ती हेरेर भोट दिने बताए । स्थानीय देवी साउँदले भोट हाल्ने बारे आफूलाई जानकारी भएको बताईन् । उनले कुन–कुन पदमा उम्मेदवारी उठेका छन भन्ने बारेमा भने आफूलाई जानकारी नभएको बताइन् ।
स्थानीय तहको निर्वाचन बैसाख ३० गते हुँदै छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.