अत्तरिया – सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गर्दै विद्यापन खोलेको छ । आयोगले बुधबार १२ पदका लागि विज्ञापन खोलेको हो ।
प्रदेश निजामती सेवाअन्तर्गत नेपाल शिक्षा सेवा, पाँचौ तह प्राविधिक सहायक पदको खुला तथा समावेशी गरी १२ पदका लागि विज्ञापन खोलिएको छ ।


जसअन्तरगत शिक्षा प्रशासनको प्राविधिक सहायकका लागि खुलातर्फ ७ जना, महिलातर्फ २, आदिवासी जनजाती, मधेसी र दलिततर्फ १÷१ गरी १२ पदमा विज्ञापन गरिएको छ ।
यसअघि प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, अन्तरगत १६७ पदमा विज्ञापन खोलेको थियो ।
विज्ञापन हेर्नुहोस्





















